सुनसरीमा सडक दुर्घटनामा परि ७ जनाको मृत्यु

सुनसरीको कोशी गाउँपालिकास्थित हरिपुरमा एम्बुलेन्स र ट्रक ठोक्किदा ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा राजेश दनुवार दुर्गाधन राई, टेकेन्द्र राई, तुलाबहादुर राई, मुकेश राई, दिनेश राइ र शिवमाया राई रहेका छन् ।

 

बिज्ञापन

शनिबार राति १२ः२० बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ च ९३६४ नम्बरको एम्बुलेन्स वीरगन्जबाट पूर्वतर्फ आउँदै ना २ ख ९०८२ नम्बरको ट्रक एकापसमा जुध्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

 

दुर्घटनामा मृत्यु हुने सातै जना एम्बुलेन्समा सवार थिए । मृतक सातै जनालाई सुनसरी सदरमुकामस्थित इनवरुवा अस्पतालमा  राखिएको छ ।