
गौरादह / मंसिर १९

सागर सहयात्री
बिज्ञापन
अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा झापाको कमल गाउँपालिका १ बाँसबारीमा बिहिवार सम्पन्न रक्तदान कार्यक्रममा ३३ युनिट रगत संकलन भएको छ ।

कारितास नेपाल र युवा समूह वडा न. १ र २ को संयुक्त आयोजनामा सम्पन्न कार्यक्रम कमल गाउँपालिका, नेपाल रेडक्रस सोसाइटी झापा शाखा र कमल नगर जेसीजको संयुक्त समन्वयमा सम्पन्न भएको कारितास नेपाल दमक शाखाका कार्यक्रम व्यवस्थापक देवेन्द्र पोखरेलले बताए ।
नेपाल रेडक्रस सोसाइटी झापा शाखाको प्राविधिक सहयोगमा बाँसवारि बजारमा गरिएको खुल्ला रक्तदान कार्यक्रममा स्थानीय सर्वसाधरण तथा युवाहरुको उत्साहजनक सहभागीता रहेको थियोे ।
‘रक्त दान ,जीवन दान’, ‘रक्तदान महा दान’ भन्ने नाराका साथ आयोजित रक्तदान कार्यक्रममा ३३ युनिट रगत संकलन भएको रेडक्रस झापा शाखाका प्राविधिक सिर्जना ढकालले जानकारी दिएका छन् ।
कार्यक्रममा कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेको प्रमुख आतिथ्यता तथा कमल गाउँपालिकाका उपाध्यक्ष बेनु सिवाकोटीको बिशिस्ट आतिथ्यता तथा वार्ड नं. १ वडा अध्यक्ष केदार कट्वालको आतिथ्यता रहेकोे थियो ।
कार्यक्रममा लैङ्िगक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत लैङ्िगक हिंसा विरुद्धको अभियानका लागि हस्ताक्षर संकलन समेत गरिएको छ ।
कार्यक्रमको सभापतित्व युवा समिति अध्यक्ष कमल १ का सरोज भट्टराईले गरेकगरेका थिए भने कार्यक्रम संचालन उत्तम खड्काले गरेका थिए ।