आजदेखि एक हप्ता काठमाडौंको फोहोर नउठ्ने

काठमाडौं । काठमाडौंको फोहोर संकलन कार्य आजदेखि एक हप्ता राेकिने भएको छ। नुवाकोटको सिसडोलदेखि बन्चरेडाँडा ल्यान्डफिल साइटसम्म जाने करिब दुई किलोमिटर बाटो मर्मतको काम भइरहेकाले एक साता फोहोर व्यवस्थापनको काम रोकिएको काठमाडौं महानगरपालिकाले सूचना जारी गर्दै जनाएको हो।

योसँगै एक साताका लागि उपत्यकाको फोहोर संकलन ठप्प भएको छ। बाटो मर्मतकै कारण यसअघि पनि बिहान ४ बजेदेखि दिउँसो १२ बजेसम्म मात्रै ल्यान्डफिल साइट खुल्ने गरेको थियो। जसकारण उपत्यकाको फोहोर नियमित उठ्न सकेको थिएन।

बिज्ञापन