दमकको तुलसी सहकारीले बचत गरेको ५ लाख फिर्ता दिएन

दमक/ झापाको दमकमा कारोबार गर्दै आएको तुलसी बहुमुखी सहकारीको मृद्धती खातामा दमक साविक ६ का विरबहादुर श्रेष्ठको नगद ५ लाख रुपैयाँ बचत रकम फिर्ता हुन सकेको छैन ।

३ बर्षे मुद्धती खातामा श्रेष्ठले आफ्ना नाती सुभान ताम्राकारको नाममा २०७३ असोज २ गते रकम जम्मा गर्नुभएको थियो । जम्मा गरिएको सो रकमको १३।०२ प्रतिशतका दरले हुन आउने ब्याजसहित २०७६ असोज २ गते फिर्ता पाउनुपर्नेमा मुद्धती खाताको अवधि लगभग ८० दिनभन्दा बढी नाघे पनि रकम फिर्ता हुन नसकेको पीडित श्रेष्ठले बताउनु भयो ।

बिज्ञापन

श्रेष्ठले आफूलाई वित्तीय कानुनबारे जानकारी रहेको बताउँदै अवधी पूरा भएपछि सहकारीले सम्बन्धित खातावालसंग सम्पर्क गरेर जानकारी गराउनु पर्नेमा यतिका दिनपछि रकम फिर्ता लिन जाँदा पनि पुनः ब्याजको प्रलोभन देखाएर फर्काएको बताउनुभयो ।

सहकारीका कर्मचारीले ब्याज दर बढाएर पैसा फिर्ता दिने गरेको आश्वासन नै गलत भएकाले मिडिया मार्फत् यस्तो क्रियाकलापबाट सबैलाई सचेत गराउन आवश्यक ठानेको पनि बताउनुभयो । nagariktv.com बाट साभार गरिएको ।