फर्निचर व्यावसायी संघले गर्यो क्यान्सर पिडितलाई आर्थिक सहयोग

सान नेपाल

 

बिज्ञापन

गौरादह/ फर्निचर व्यवसायी संघ गौरादह नगर समितिले क्यान्सर रोग बाट पिडित न्यान्स्री कर्मकारको उपचारमा नगद १४ हजार ५ सय सहयोग प्रदान गरेको छ । गौरादह न. पा. वार्ड नं. ३ निवासी ५७ वर्षीया कर्मकार बिगत लामो समय देखि पाठेघरको क्यान्सर बाट पिडित छिन् । आर्थिक अवस्था अत्यन्तै कमजोर रहेकोे कर्मकारको उपचारमा सहयोग पुर्याउने उद्देश्यले आर्थिक सहयोग गरिएको फर्निचर व्यवसायी संघ नगर समिति अध्यक्ष प्रकाश बास्कोटाले बताए ।

 

मंगलबार बिहान गौरादह बजारमा रहेको प्रकाश फर्निचरमा नगरभरीका फर्निचर व्यवसायीहरुको उल्लेख्य उपस्थितिमा पिडित महिलाका जेठा छोरा अर्जुन कर्मकारलाइ नगद हस्तान्तरण गरियो । नगद हस्तान्तरण पस्चात ओमकार टाइम्स संग अनौपचारिक कुरा गर्दै संघ का अध्यक्ष बास्कोटाले पिडित महिला कर्मकारको उपचारमा थप सहयोग गर्दै जाने बताए ।

 

फर्निचर व्यवसायी संघले कर्मकारको उपचारको लागि अभियान नै सञ्चालन गरि आर्थिक सहयोग जुटाउने प्रतिबद्धता व्यक्त गरे । हामी फर्निचर व्यवसायीहरु संस्थाको ब्यानर नै बोकेर बजार र डिपु क्षेत्रमा आर्थिक सहयोगको लागि परिचालित हुनेछौं, अध्यक्ष बास्कोटाले भने । अध्यक्ष बास्कोटा गौरादह वाणिज्य संघ कार्यसमिति सदस्य समेत रहेका छन् ।

 

पछिल्ला वर्षहरूमा गौरादह फर्निचर व्यवसायी संघले सामाजिक क्षेत्रमा अतुलनीय योगदान पुर्याउदै आएको छ । विभिन्न रोग बाट ग्रसित भएकाहरुको उपचार सहयोगको लागि निकै भरपर्दो मानिदै आएको यश संस्थाले गौरादहको सामाजिक तथा राजनीतिक बृत्तमा बलियो उपस्थिति जनाउदै आएको छ ।