
झापा गौरादह

प्रदेश नं. १ आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्कीले गौरादह क्षेत्र उद्योगधन्दा सञ्चालनका लागि उपयुक्त गन्तव्य बन्दै गएको बताएका छन् । सिद्धार्थ बैंकको गौरादह शाखा उद्घाटन कार्यक्रममा प्रमुख अतिथिका रूपमा धारणा राख्दै मन्त्री कार्कीले गौरादह नगरपालिका शान्तिप्रिय क्षेत्र भएकोले ठुला लगानीकर्ताहरुका लागि सुरक्षीत गन्तव्य भएको बताए ।



उद्योगधन्दाको स्थापनाले मात्र नगर र सिंगो रास्ट्रको अर्थतन्त्र बलियो हुने बताए ।

गौरादहमा धेरै उद्योगहरु आउने क्रममा रहेकोे उल्लेख गरे ।
कृषिमा आधारित ग्रामीण क्षेत्रको नगरपालिका भएकोले पर्याप्त रूपमा राइस मिलहरुको स्थापना हुनुपर्ने भन्दै गौरादह क्षेत्रमा रहेका फेवा ओइल, कन्काइ ग्यास उद्योग, ह्युम पाइप तथा रेडिमिक्स उद्योग, स्टिम राइस उद्योग लगायतका स्थापित उद्योग धन्दाले गौरादहको पहिचान गराउन सक्षम रहेको उल्लेख गरे ।
संघीय तथा प्रदेश सरकारले स्थानीय तहको अर्थतन्त्रलाई बलियो बनाउने निति लिएको बताउदै मन्त्री कार्कीले बित्तीय संस्थाको बलियो उपस्थिति बाट मात्र सबै खाले व्यवसायहरु फस्टाउने बताए ।
लोकतान्त्रिक अभ्यास संगै गाउँ गाउँमा बित्तीय संस्थाहरु स्थापना हुँदै गएको बताइदै बित्तीय संस्थाले सहज र सरल ढंगले कर्जा प्रवाह गर्नुपर्ने औल्याए । साना वा ठुला जस्तो सुकै लगानीमा पनि ब्याजदर लचिलो हुनुपर्ने बताउदै उनले आफ्नै गाउँघरमा आएका बित्तीय संस्थाहरु बाट व्यवसायीहरुले पनि फाइदा लिन सक्नुपर्ने सुझाव दिए ।
कार्यक्रममा धारणा राख्दै नगर प्रमुख रोहित कुमार साहले बित्तीय संस्थाले लिने बर्सेनि लिने कर्जा नवीकरण शुल्क र ओडी कर्जा बापत लिइने अतिरिक्त शुल्क हटाउन सुझाव दिए ।
बित्तीय संस्थाले सामाजिक दायित्व निर्वाह गर्न पछी पर्नु नहुने भन्दै उनले गौरादह क्षेत्रमा राखिएका एटीएम मेशिनहरु लाइन मिलाएर एकै स्थानमा राख्न सके सेवाग्राहीलाई अझ ठूलो सहयोग पुग्ने सुझाव दिए ।
कार्यक्रममा सिद्धार्थ बैंकका डेपुटी सिइओ सुन्दर प्रसाद कडेलले बैंकको आर्थिक अवस्था र बजारीकरणको बारेमा चर्चा गर्दै मुलुकको समृद्धिको सिद्धार्थ बैंक सधै एक कदम अगाडि रहेकोे जिकिर गरे ।
गौरादह शाखा प्रमुख नुतन गिरीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन असिस्टेन्ट सिइओ रामेश्वर वस्यालले गरेका थिए ।