
भक्तपुर नगरपालिकाको मेयर र उपमेयरमा नेमकिपा विजयी भएको छ।
भक्तपुर नगरपालिकाको मेयरमा नेमकिपाका सुनिल प्रजापति २९ हजार २ सय मत ल्याएर विजयी भए। उनका निकतटतम् प्रतिष्पर्धी नेपाली कांग्रेसका राम प्रसाद कासुलाले ३३५२ मत मात्र प्राप्त गरे।
यस्तै उपमेयरमा पनि नेमकिपाकी रजनी जोशीले २९६९५ मत ल्याएर विजयी भएकी हुँदा उनकी निकटतम् प्रतिष्पर्धी नेकपा एमालेकी रञ्जना खर्बुजाले २७८४ मत ल्याइन्।
भक्तपुर नगरपालिकाको मेयरदेखि वडा सदस्यसम्मका सबै पदमा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार निर्वाचित भएका छन् ।