काठमाडौ । पुर्वराजा ज्ञानेन्द्र शाहले पृथ्वी जयन्तीको अवसरमा शुभकामना दिदै जनता र देशका निम्ति अबिभाज्य नेपाल कसरी रहन सक्छ त्यसतर्फ सचेत रहन आग्रह गरेका छ्न । २९८औ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवशका अबसरमा शुभकामना सन्देश जारी गर्दै उनले राष्ट्रप्रति चिन्ता व्यक्त गरेका हुन ।

 


पृथ्वी जयन्तिका अबसरमा जारी शुभकामना सन्देशमा श्री ५ पृथ्वीनारायण शाहको अथक प्रयास र योगदानले नेपाल् एकीकरण भएको, विश्व सामु हामी नेपाली भनी गौरवान्वित हुन पाएको भन्दै उनले पुर्खाले जोडेको देशको जगेर्ना गर्न अहिलेको मुख्य आबस्यक्ता हो भनी चिन्ता व्यक्त गरिएको छ । यसैगरी राष्ट्र पिताको दिव्य उपदेश आधुनिक नया नेपाल निर्माणका मुख्य सुत्रहरु भएको र ती दिव्य उपदेश देशभक्त नागरिकले बिर्सन नहुने भनिएको छ ।

 

शुभकामना सन्देशमा देशमा अहिले के भैरहेको छ,जनमानसमा कस्तो अबस्था छ ? त्यो सबैलाई थाहा भएको भन्दै राष्ट्र नायकहरुको विरगाथाबारे बोल्न नसक्ने ,माटोको सम्मानमा बोल्नै नहुने ,राष्ट्रिय स्वाभिमान र अखण्डतालाई कुण्ठित पार्ने एवम मुलुकले नचाहेको र असान्दर्भिक विषयलाई प्रवेस गराई मुलुक र मुलुकबासीलाई कोहि कतैबाट हुनु हुदैन भनिएको छ ।