
काठमाडौँ : महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले पदबाट राजीनामा दिएका छन् । कार्यकाल सम्हालेको तीन वर्षपछि उनले राजीनामा दिएका हुन्।
महान्यायाधिवक्ता कार्यालय स्रोतले राजीनामाबारे आज दिउँसो १ बजे पत्रकार सम्मेलन गरी जानकारी दिने बताएको छ । केपी शर्मा ओली प्रधानमन्त्री भएपछि उनी महान्यायाधिवक्ता नियुक्त भएका थिए ।
प्रतिनिधि सभा विघटनपछि सर्वोच्च अदालतमा परेको मुद्दामा सरकारको ‘डिफेन्स’ गर्न नसकेको, कमजोर बहस गरेको र सरकारको प्रतिरक्षामा फितलो भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली खरेलप्रति असन्तुष्ट रहेको खबर आएका थिए ।