

सान नेपाल



मोरङ । पथरी प्रहरी प्रमुखको रुपमा डिएसपी दिलीपकुमार गिरीले कार्यभार सम्हालेदेखि पथरी नगरपालिकामा शान्तिसुरक्षाको महसुस गर्न थालिएको छ ।सिन्धुलीबाट सरुवा भएर इलाका प्रहरी कार्यलय पथरीको प्रमुखको रुपमा आएका गिरीले पदभार सम्हालेसंगै बिभिन्न अपराधमा फरार अभियुक्त धमाधम पक्राउ पर्न थालेका छन् ।

इलाका प्रहरी कार्यलय सम्हालेको एक महिनामा १७ ओटा मुद्दाका परार अपराधीहरुलाई पक्राउ गर्न सफल डिएसपी गिरीलाई हिन्दी चलचित्र `सिंघम´ को अजय देवगणको रुपमा पथरीमा चर्चा चल्न थालेको छ ।`सत्य सेवा सुरक्षणम् ´ भन्ने मुलमन्त्रलाई आत्मसात गरेर चल्ने गिरीको कार्यशैलीले पथरीमा शान्ति सुरक्षा चुस्त दुरुस्त रहेको कहसुस गर्न थालिएको छ ।
डिएसपी गिरीले पदभार सम्हालेको एक महिनामै पाँच ओटा सवारी ज्यान , चार ओटा बहु बिबाह , चार ओटा लागू ओैषध ,एक चोरी ,एक जबर्जस्ती करणी र दुईवटा सार्वजनिक अपराध गरेर जम्मा १७ ओटा मुद्दाका फरार अभियुक्त पक्राउ गर्न सफल गिरीको आगमनले अपराधीहरुको भागाभाग भएको पथरीका सर्वसाधारण बिच चर्चा चल्न थालेको छ ।
ओमकार प्रतिनिधिसंगको छोटो कुराकानीमा डिएसपी गिरीले शान्ति सुरक्षा कार्यनयन गराउन आफू जुनसुकै चुनौतीको सामना गर्न तयार रहेको जानकारी गराए ।सिमित श्रोत र साधनको बाबजुद पनि इमानदार र कर्तव्यनिष्ठ भएर कार्य गर्दा छोटो समयमा पनि राम्रो नतिजा निकाल्न सकिने उदाहरणको रुपमा डिएसपी गिरीलाई लिन सकिन्छ ।