फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघको केन्द्रिय अधिवेशन सम्पन्न, अध्यक्षमा न्यौपाने

सौराहा/ चितवन
फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघको साधारणसभा सम्पन्न भएको छ । चितवनको सौराहामा भएको साधारणसभाले हेटौंडाका फर्निचर व्यवसायी राम प्रसाद न्यौपानेको अध्यक्षतामा १९ प्रत्यक्ष र ६ मनोनीत गरि २५ सदस्यीय केन्द्रिय समिति तथा सौराहा घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । महासंघको उपाध्यक्षमा सुजिल श्रेष्ठ, प्रथम उपाध्यक्ष नरेश कुमार श्रेष्ठ , सहदेव अर्याल द्वितीय उपाध्यक्ष, मथुरा जोशी तृतीय उपाध्यक्षमा निर्वाचित भएका छन् भने महासचिवमा ओम बहादुर बस्नेतले जिम्मेवारी पाएका छन् । यसैगरी महासंघको कोषाध्यक्षमा हरि कुमार राजभण्डारी, सचिबमा झापा गौरादहका राजकुमार दाहाल सर्वसम्मत निर्वाचित भएका छन् ।
नव निर्वाचित केन्द्रिय कार्यसमितिको पदावधि ३ वर्ष रहने जनाइएको छ ।

बिज्ञापन