काठमाडौं : आगामी तीन दिनसम्म देशभर मौसम खुल्ने सम्भावना नरहेको मौमस पूर्वानुमान महाशाखाले जनाएको छ । हाल नेपालको पुर्बी भूभाग नजिक निम्न चापीय रेखा रहेकाले पानी पार्ने सम्भावना एकदमै कम भए पनि आगामी तीन दिनसम्म देशभर मौसम खुल्ने सम्भावना पनि नदेखिएको महाशाखाले जनाएको छ ।

 

आगामी तीन दिनको मौसम पूर्वानुमान

 

माघ १० गते (शुक्रबार)

दिउँसो : देशको पुर्वी भू-भागमा आंशिक देखि सामान्य बदली र मध्य तथा पश्चिमी पहाडी भू-भागमा आंशिक बादली रही बाँकि स्थानमा मौसम सामान्यतया सफा रहनेछ ।

राती : देशको पुर्वी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र मध्य तथा पश्चिमी पहाडी भू-भागमा आंशिक बादली रही बाँकि स्थानमा मौसम सामान्यतया सफा रहनेछ ।

 

माघ ११ गते (शनिबार)

दिउँसो : देशका अधिकांस स्थानमा आंशिक बदली रहनेछ ।

राती : देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकि स्थानमा सामान्यतया सफा रहनेछ।

 

माघ १२ गते (आइतबार)

दिउँसो : देशको मध्य र पुर्वि भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकि स्थानमा आंशिक बादली रहनेछ।

राती : देशको मध्य र पुर्वि भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकि स्थानमा आंशिक बादली रहनेछ।

 

तराईका अधिकांश भू-भागमा हुस्सुरकुहिरो रहने र ती स्थानहरुमा घाम राम्रोसँग नलाग्ने भएकोले चिसोबाट बच्ने उपाय अपनाउन महाशाखाले अनुरोध गरेको छ ।