विद्युत प्राधिकरणका कर्मचारी ; २५ हजार घुससहित पक्राउ

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरण कुलेश्वर विद्युत विरतण केन्द्रमा ज्यालादारीमा कार्यरत कर्मचारीलाई गत बिहीबार २५ हजार घुस रकमसहित नियन्त्रणमा लिएको छ ।

 

बिज्ञापन

प्राधिकरण कुलेश्वर विद्युत वितरण केन्द्रमा ज्यालादारीमा कार्यरत कृष्ण मुरारी चौधरीसहित २ जनालाई आयोगले नियन्त्रणमा लिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

 

बिजुलीको पोल राखिदिने विषयमा सेवाग्राहीसँग रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएका टोलीले चौधरी र बिजुलीको पोल सार्ने सम्बन्धी काम गर्ने पुरुषोत्तम दाहाललाई २५ हजार घुस रकम लिँदै गर्दा काठमडौं वडा नम्बर १४ स्थित गुडफुड तन्दुरी उगाडीबाट रंगेहात निणन्त्रणमा लिएको आयोगले जनाएको छ ।

 

पक्राउ परेका उनीहरु माथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।