पूर्वराजा ज्ञानेन्द्र शाह आज भारतको पश्चिम बङ्गाल भ्रमणमा जादै

पूर्वराजा ज्ञानेन्द्र शाह आज परिवारसहित दुई साता लामो भारतको पश्चिम बङ्गाल जाँदैछन् । गत मङ्सिर २७ गते झापा पुगेका शाह पूर्वरानी कोमल र निजी कर्मचारीसहित पश्चिम बङ्गाल जान लागेका हुन् ।

 

बिज्ञापन

धार्मिकस्थलको दर्शन गर्ने तथा बङ्गालको सिलिगुढी, दार्जिलिङ, कालिम्पोङ, सिक्किम भ्रमण गर्ने कार्यक्रम रहेको उच्च स्रोतले जानकारी दियो ।शाह दम्पतीले ती क्षेत्रका नेपाली भाषी र पश्चिम बङ्गालका उच्च तहका नेतालाई समेत भेट्ने कार्यक्रम रहेको छ ।

 

शाहलाई सुरक्षा निकाय र उनको कारकेडसहितको टोलीले आज बिहान ११ बजे काँकडभिट्टा छाड्नेछ । पश्चिम बङ्गाल सरकारको सुरक्षासहितको टोलीले उनलाई गन्तव्यसम्म पुर्याउने छ । कारकेडसहितको सरकारी टोलीले पश्चिम बङ्गाल पुर्याउने व्यवस्था मिलाइएको छ ।