काठमाडौं : यौन काण्डमा मुछिएकावरिष्ठ प्रहरी उपरिक्षक (एसएसपी) सौरभ राणालाई गृहमन्त्रालयले निलम्वित गरेको छ ।

 

हाल संघीय प्रहरी कार्यलयमा कार्यरत रहेका एसएसपी राणालाई एक महिलाले आफ्नो घर परिवार विगारेको र आफूलाई यौन दुव्र्यवहार गरेको भन्दै केही समय अघि गृहमन्त्रालयमा निवेदन दर्ता गरेको थियो भने एसएसपी राणामाथि मन्त्रालयले सुक्ष्म छानविन गर्दा उनी दोषी देखिएका थिए ।

 

गृहमन्त्रालयका प्रवक्त प्रवक्ता सह–सचिव केदारनाथ शर्माले उनलाई निलम्वित गरिएको पुष्टि गरेका छन् । गृहले अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयलाई पनि पत्राचार गरेको छ ।