
काठमाण्डाै – आईसीसी विश्वकप लिग २ छनाेट अन्तर्गत नेपालले अमेरिकालाई ३५ रनले पराजित गरेकाे छ ।

बिज्ञापन



पहिले ब्याटिङ गरेकाे नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाउँदै १ सय ९० रन बनाएकाे थियाे । १ सय ९० रन बनाउने क्रममा बिनाेद भण्डारीले ५९ तथा आजै डेब्यु गरेका कुशल मल्लले ५० रनकाे अर्धशतकीय याेगदान गरेका थिए । बलिङतर्फ अमेरिकाका स्टेभेन्सनले तीन तथा नेत्रवल्कर र थेराेनले समान दुई दुई विकेट लिए ।

जवाफमा एक सय ९१ रनको लक्ष्य पछ्याएको अमेरिका ४४. १ ओभरमा १ सय ५५ रनमा अल आउट भयाे । १ सय ५५ रन बनाउने क्रममा अमेरिकाका आईजी हल्याण्डले सर्वाधिक ७५ रन बनाए भने स्ट्भेन्सनले १९ रन बनाए ।
बलिङतर्फ करण केसीले सर्वाधिक चार, सुशन भारीले तीन, सन्दीप लामिछानेले दुई तथा कुशल मल्लले एक विकेट लिए ।
चार विकेट लिँदै करण केसी म्यान अफ द म्याच घाेषित भए ।