
काठमाडौं — नेपालमा थप १० हजार ३१९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

२१ हजार २०१ नमुना परीक्षण गर्दा १० हजार ३१९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमणदर ४८.७ प्रतिशत छ ।
बिज्ञापन



सोमबार २५४० संक्रमित निको हुँदा ४ जनाको मृत्यु भएको छ ।

हालसम्म ८९.७ प्रतिशत संक्रमित निको भइसकेका छन् भने कोरोनाबाट ११ हजार ६५९ जनाको मृत्यु भइसकेको छ ।
हाल देशभर ८२ हजार ५५० सक्रिय संक्रमित छन् ।
आज काठमाडौंमा ३ हजार ६३४, ललितपुरमा ५८७ र भक्तपुरमा ४५५ संक्रमित थपिएका छन् ।