
वैदेशिक रोजगार विभागले गएको १० महिनाको अवधिमा ७३ वटा म्यानपावर कम्पनीमा अनुगमन गरेको छ । वैदेशिक रोजगारीको खोजीमा रहेका, विदेश जाने क्रममा रहेका र विदेशमा श्रमिकलाई अलपत्र पार्ने ७३ वटा म्यानपावर कम्पनीमा अनुगमन गरिएको विभागले जानकारी दिएको छ ।




गएका ३ वर्षमा करिब १ सय ४० वटा म्यानपावरमा अनुगमन भएको छ । चालू आर्थिक वर्ष सुरु भएको ६ महिनामा मात्र २६ वटा म्यानपावर कम्पनीमा आकस्मिक अनुगमन (स्टिङ अपरेसन) गरेको विभागको तथ्याङ्कमा उल्लेख छ ।

यस अवधिमा २० वटा म्यानपावरमा नियमित अनुगमन भएको छ । अन्य २७ वटामा भने प्रक्रियागत अनुगमन भएको विभागले जनाएको छ ।
विभागले म्यानपावर कम्पनीमाथि ३ प्रकारको अनुगमन गर्दै आएको छ । आकस्मिक, नियमित र प्रक्रियागत अनुगमन वैदेशिक रोजगारी ऐनमा भएको व्यवस्थाअनुसार गर्ने गरेको विभागले जनाएको छ ।
यसरी गरिएको अनुगमनबाट धेरै पैसा लिने म्यानपावर कम्पनीलाई वैदेशिक रोजगार ऐनअनुसार कारबाही स्वरूप जरिमानासमेत तिराउने गरेको विभागले जनाएको छ ।
राज्यको काम भनेको रोजगार व्यवसायी र श्रमिक दुवैलाई सुरक्षित बनाउने भएको वैदेशिक रोजगार विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालले बताए । विभागको दायित्व वैदेशिक रोजगार व्यवसायीलाई व्यवस्थित गर्दै मर्यादित र सुरक्षित वैदेशिक रोजगारीमा जाने वातावरण निर्माण गर्ने भएको महानिर्देशक डा. भुसालको भनाइ छ ।
‘विभागले कतिपय म्यानपावरमा वैदेशिक रोजगारीमा जाने श्रमिकसँग सरकारले तोकेभन्दा धेरै पैसा लिइरहेको अवस्थामा स्टिइङ अपरेसनसमेत गरेको छ । वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका श्रमिकले म्यानपावरले धेरै पैसा लिएको सूचनाका आधरमा समेत विभागले तत्काल अनुगमन गर्न थालेको हो’, उनले भने, ‘धेरै पैसा लिने म्यानपावरको पैसा जफत गरेर कामदारलाई सरकारले तोकेको शुल्कमै विदेश पठायौँ । बढी पैसा लिने म्यानपावरलाई कारबाही पनि हुन्छ, सरकारले तोेकेको पैसामा श्रमिक विदेश पठाउने काम पनि भइरहेको छ ।’
विभागले सरकारले तोकेभन्दा धेरै पैसा लिने म्यानपावरका बारेमा सूचना पाए तत्काल स्टिङ अपरेसन गर्न थालेको उनको भनाइ छ ।
अनुगमन टेर्दैनन् म्यानपावर
विभागले चालू आर्थिक वर्षदेखि म्यानपावर कम्पनीमा कडा रूपमा अनुगमन गरिरहेको छ । वैदेशिक रोजगारीका क्रममा हुने ठगी रोक्न अनुगमनलाई तीब्रता दिइएको बताइएको छ । तर, विभागले यसरी अनुगमनलाई तीब्रता दिए पनि म्यानपावरहरूले भने ठगी गर्न छाडेको छैनन् ।
विभाग २० वटा म्यानपावरमा आकस्मिक अनुगमन (स्टिइङ अपरेसन) गरेर १८ लाख ४३ हजार रुपैयाँ जफत गरेको छ । अनुगमन गरेका ५३ वटा म्यानपावरलाई ३० लाख ५० हजार रुपैयाँ जरिमाना तिराएको छ । तर, वैदेशिक रोजगार ऐनअनुसार विभागले कारबाही गरे पनि म्यानपावरले नटेर्ने गरेको बताइएको छ ।
हालसम्म म्यानपावर कम्पनीका नाममा ठगीका ७ सय ४८ उजुरी परेका छन्, जसमा २३ करोड ९१ लाख ५ हजार १ सय ९३ रुपैयाँ क्षतिपूर्ति मागदाबी गरिएको छ ।
तर, म्यानपावरलाई विभागको अनुगमनको डर नै नभएको जस्तो देखिने गरेको पीडित बताउँछन् ।विभागले म्यानपावरलाई अनुगमन, आर्थिक कारबाही र उनीहरूको ठगीका आधारमा काम कारबाही रोक्का गरे पनि उनीहरूले सामान्य रूपमा हेर्ने गरेको रोजगारविज्ञहरूले बताउँदै आएका छन् ।
यी हुन्न् अनुगमन र छापा मारिएका म्यानपावरहरू
विभागले १० महिनाको अवधिमा धेरै आकस्मिक अनुगमन गरेको जानकारी दिएको छ ।
विभागका अनुसार भेरी ओभरसिज प्रालि, स्ट्याम्पफोर्ड ब्रिज इन्टरनेसनल सर्भिस प्रालि, युनिभर्स कनेक्सन प्रालि, हेल्पिङ ह्याण्ड प्रालि, क्यापिटल रिक्रुटमेन्ट प्रालि, गोरखनाथ इन्टरनेसनल इन्ष्टिच्युट प्रालि, जीएस इम्प्लोइमेन्ट प्रालि, डेल्टा म्यानपावर प्रालि, चार्टर ग्लोबल ह्युमन रिसोर्स प्रालि, माई पोखरी इन्टरनेसनल प्रालि, जन्नत ओभरसिज प्रालि, मन्सुर म्यानपावर प्रालि, सुधा ट्रेनिङ एण्ड ओरिएन्टेसन सेन्टर प्रालि, इगल ओभरसिज प्रालिमा अनुगमन गरेको छ ।
यसरी नै लक्की ओरिएन्टेसन एण्ड ट्रेनिङ सेन्टर, मिता इन्टरनेसनल प्रालि, सुदम ओरिएन्टेसन ओभरसिज प्रालि र रुद्रावती ओरिएन्टेसन सेन्टर प्रालिमा आकस्मिक अनुगमन गरेको विभागको तथ्याङ्कमा छ ।
यस्तै, ट्रष्ट नेपाल ओभरसिज प्रालि, डाइनामिक सेल्स एण्ड सर्भिस प्रालि, जुपिटर ओभरसिज, कन्सर्न प्रालि, स्काई अफ द वल्र्ड म्यानपावर प्रालि, बीएस ओभरसिज प्रालि र गल्फ रिक्रुटमेन्ट प्रालिलगायतका म्यानपावरमा विभागले पीडितसँग धेरै पैसा असुलेको आधारमा आकस्मिक अनुगमन गरेको थियो । यी म्यानपावरमा स्टिइङ अपरेसन गरिएको थियो ।
यसैगरी गत वैशाखदेखि पुस मसान्तसम्म शिवाकोटी म्यानपावर सर्भिस, पुकार इन्टरनेसनल ओभसिज प्रालि, स्वस्तिक ओभरसिज प्रालि, गोल्डेन गेट इन्टरनेसनल, पल्लभी इन्टरनेसनल प्रालि, जानकी ओभसिज प्रालि, प्रमिशा मल्टिट्रेनिङ इन्ष्टिच्युट प्रालि, क्लासिक ओभसिज, प्याराडाइज इन्टरनेसनल प्रालि, टार्गेट म्यानपावर, मिमोसा ओभरसिज प्रालि, बीएस ओभरसिज प्रालिमा पनि अनुगमन भएको छ ।
फजल इन्टरनेसनल प्रालि, एलायन्स ह्युमन रिसोर्स प्रालि, एक्टिभ इम्प्लोइमेन्ट सर्भिस प्रालि, टाइम्स वर्क प्रालि, विन रिक्रुटमेन्ट प्रालि, आरबी ओभरसिज प्रालि, सिद्धार्थ ओरिएन्टेसन एण्ड ट्रेनिङ सेन्टर प्रालि, सना ओरिएन्टेसन एण्ड ट्रेनिङ सेन्टर प्रालि, ह्वाइट पर्ल रिक्रुटमेन्ट प्रालि, लाइफलाइन म्यानपावर प्रालि, शान इन्टरनेसनल गु्रप म्यानपावर प्रालि, आयुस इन्टरनेसनल म्यानपावर प्रालि, भ्रिन्दित सर्भिस प्रालि, निर्मल एचआर सोलुसन प्रालि, सी लिंक ओभरसिज सर्भिसेस प्रालि, फ्युचर इम्प्लोइमेन्ट सर्भिस प्रालि, पर्फेक्ट डेस्टिनेसन प्रालि र आरके म्यानपावरमा अनुगमन गरेको विभागले जानकारी दिएको छ ।
यस्तै, पुकार इन्टरनेसनल ओभरसिज प्रालि, ओसो रिक्रुटमेन्ट म्यानपावर प्रालि, रसुवा ओभरसिज प्रालि, ह्युभर ओभरसिज प्रालि, शिवाकोटी म्यानपावर सर्भिस, पल्ही ओभरसिज प्रालि, लक्की ओरिएन्टेसन तथा ट्रेनिङ सेन्टर प्रालि, गल्फ होराइजन इन्टरनेसनल प्रालि, नेसनल प्याथल्याब एण्ड रिसर्च सेन्टर, जुपिटर ओभरसिज प्रालि, पुकार इन्टरनेसनल ओभरसिज, ट्रष्ट नेपाल ओभरसिज प्रालिमा पनि विभागले अनुगमन गरेका जानकारी दिएको छ ।
यसरी नै, प्रासल इन्टरनेसनल म्यानपावर प्रालि, सुधा ट्रेनिङ ओरिएन्टेसन प्रालि, सुनकोसी म्यानपावर प्रालि, सुधा मेडिकल सेन्टर, एसए ट्रेनिङ सेन्टर प्रालि र अन्जली ओभरसिज प्रालिमा नियमित र आकस्मिक अनुगमन गरेको विभागले जनाएको छ ।