आदित्य दाहालको प्रतिभा विज्ञानका लागि चुनौती हो – प्रधानमन्त्री ओली


प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आदित्य दाहालको प्रतिभा विज्ञानका लागि चुनौती भएको बताएका छन्।

बिज्ञापन

दाहालको पुस्तक कलियुगको आदित्य एवं ज्योतिपथ पुस्तकका अंग्रजी संस्करणको शनिबार काठमाडौंमा विमोचन गर्दै प्रधानमन्त्री ओलीले आदित्य बाल ज्ञानी भएको भन्दै प्रशंसा गरे।

ज्ञान प्राप्तिका लागि स्रोत अनिवार्य भए पनि आदित्यले स्रोत बिना ज्ञान प्राप्त गर्नु अनौठो बिषय भएको प्रधानमन्त्री ओलीको भनाइ छ।

‘ज्ञान प्राप्तिका लागि स्रोत अनिवार्य छ,’ प्रधानमन्त्री ओलीले भने, ‘आदित्यसमा बिना स्रोतको ज्ञान प्राप्त भएको छ। विज्ञानका लागि आदित्यको यो क्षमता असाधारण चुनौती हो।’

प्रधानमन्त्री ओलीले नेपाल देव भूमी, तपोभूमि र ज्ञानभूमि भएकोले आदित्य जस्ता प्रतिभावानको यहाँ जन्म भएको बताए। प्रधानमन्त्री ओलीले विश्वका बैज्ञानिकलाई आदित्यसको स्रोत बिनाको ज्ञानका बारेमा अध्ययन गरेर निष्कर्ष दिन पनि आग्रह गरेका छन्।

कार्यक्रममा पूर्व प्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहालले पनि आदित्यको ज्ञानको चर्चा गरेका थिए।