तराईमा हुस्सु, सुदूरपश्चिम र कर्णालीमा हिमपात

काठमाडौँ- हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। बिहान तराईका धेरै स्थानमा हुस्सु कुहिरो लागेको छ ।

दिउँसो  सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी  र बागमतीमा आंशिकदेखि सामान्य बदली  रहने आँकलन गरिएको छ ।

बिज्ञापन

त्यस्तै सुदूरपश्चिम र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ ।

राति पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।

उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । मंगलबार कर्णाली र गण्डकीका पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।