प्रहरी सेवाबाट अवकाश पाएका मुन्नी , लुसी र जङ्गेले पेन्सन पाउलान् ?

काठमाडौं : नेपाल प्रहरीको सेवाबाट तीनवटा कुकुरले भर्खरै अवकाश पाएका छन् । नेपाल प्रहरीको सेवाबाट मुन्नी, लुसी र जङ्गेले अवकाश पाएका हुन् ।

 

बिज्ञापन

झण्डै नौ वर्षको सेवापछि अवकाशमा गएका ती कुकुरहरूले के प्रहरीले जस्तै पेन्सन वा कुनै प्रकारको निवृत्तिभरण पाउँछन् त ? अनि सेवानिवृत्त भएका कुकुरहरूले के गर्छन् ? यो सबैको चासोको विषय बनेको छ ।

 

केन्द्रीय प्रहरी कुकुर तालिम स्कूलकी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक देउती गुरुङका अनुसार अहिले प्रहरीसँग नेपालभरि ९० भन्दा बढी कुकुर छन् र प्रत्येक महिना दुईदेखि तीन वटा कुकुरले अवकाश पाउँछन् ।अवकाशपश्चात् जुन पेन्सन पाउँछन् प्रहरीले त्यस्तो चाहिँ सेवारत कुकुरहरुले अवकाश पाएपछि नपाउने प्रहरी वरिष्ठ उपरीक्षक गुरुङले बताइन् ।

 

बीबीसीसँग कुरा गर्दै प्रहरी वरिष्ठ उपरीक्षक गुरुङले जब कुकुरको काममा कमि आउन थाल्छ उनी कुकुरलाई अवकाश दिइने बताइन् । उनले भनिन्–‘जसले पाउनुपर्ने हो पेन्सन त्यो कसलाई दिने त ? जब कुकुरको कममा सुस्तता आउन थाल्छ, सुँध्ने शक्तिमा कमी आउन थाल्छ अथवा विभिन्न रोगले च्याप्न थाल्छ त्यो बेला कुकुरलाई अवकाश दिइन्छ ।’

 

नेपाल प्रहरीमा कार्यरत कुकुरहरुले सेवा दिने भनेको सातदेखि नौ वर्ष मात्र हो । अवकाश प्राप्त भइसकेपछि ती कुकुरको रासन कट्टा हुन्छ । रासन कट्टा भएतापनि अवकाश प्राप्त भएपछि चाहिँ नमरुन्जेलसम्म पाउने उसको स्वास्थ्य खर्च र रेखदेख लगायतका सबै सुविधा दिइने उनले बताइन् ।

 

प्रहरी वरिष्ठ उपरीक्षक गुरुङले थप्दै भने–‘कुकुरको स्वास्थ्य अवस्था ठिक भएसम्म विभिन्न स्कूलका बच्चाहरुका लागि सुरक्षासम्बन्धी प्रदर्शनीका लागि प्रयोग गर्छौं ।’