सामाजिक जिम्मेवारीसहितको पत्रकारिता विकासका लागि अनुसन्धानात्मक पाठ्यक्रम अनिवार्य :  मन्त्री खतिवडा

अर्थमन्त्री डा. युवराज खतिवडाले नैतिक र सामाजिक मूल्य मान्यतामा आधारित पत्रकारिताका लागि अनुसन्धानात्मक पाठ्यक्रमको विकास गर्नुपर्ने बताएका छन् ।

 

बिज्ञापन

त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको भवन शिलान्यास समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले सामाजिक जिम्मेवारीसहितको पत्रकारिता विकासका लागि अनुसन्धानात्मक पाठ्यक्रमको विकास अनिवार्य रहेको बताएका हुन् ।

 

उनले विभागको नयाँ भवन निर्माणपछि विश्वविद्यालयले अनुसन्धानका कार्यहरूलाई अगाडि बढाउने विश्वाससमेत व्यक्त गरे ।

 

सबै शैक्षिक प्रतिष्ठानहरूलाई पनि पत्रकारिताको अध्ययन, अध्यापन र अनुसन्धान गराउने केन्द्रको रूपमा विकास गर्दै जानुपर्नेमा मन्त्री खतिवडाको जोड थियो ।

 

उनले आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणमा सञ्चारक्षेत्रको पहिलो भूमिका रहने बताए । त्यसका लागि सरकारले आमसञ्चारका पूर्वाधारहरूको विकासमा ध्यान दिएको उनको भनाइ थियो ।