देउवाले भने-वीपी कोइराला अलराउण्डर हुन

काठमाडौं । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले बिपी कोइराला सानो देशको ठूलो मानिस भएको बताएका छन्।

बिपी कोइरालाको स्मृतिमा आज बिहान कांग्रेसले आयोजना गरेको भर्चुअल अन्तर्क्रियामा प्रधानमन्त्री देउवाले भने, ‘उहाँ सानो देशको ठूलो मान्छे हो। मैले यही भन्ने गरेको छु, उहाँ अलराउन्डर हो-राजनीतिदेखि साहित्यसम्म उहाँको योगदान छ।’

बिज्ञापन

उनले बिपीका विचार तथा योगदानले कांग्रेसलाई ऊर्जा दिने पनि बताएका छन्। वीपी ३९ औं दिवसको अवसरमा आयोजना गरिएको संवादमा उनले वीपीलाई समाजवादी व्याख्याताको संज्ञा दिए।