
पछिल्लो पटक दाना र चल्लाको भाउमा अत्यधिक रूपमा कालोबजारी भएको छ । चल्ला र दानाको मूल्य निर्धारणमा उद्योगीको एकलौटी अधिकार भएकाले यसको कालोबजारी भएको हो ।




कुखुरापालक किसानले दाना, चल्ला र कुखुराको मूल्य निर्धारण गर्ने अधिकार पोल्ट्री व्यवसायीको हातमा भएकाले यसको फाइदा उठाउँदै उनीहरूले बजारमा कार्टेलिङ गरेको आरोप लगाउँदै आएका छन ।

राष्ट्रिय कुखुरा पालक किसान सङ्घर्ष समितिका संयोजक विष्णु खड्काले पछिल्लो दुई महिनामा चल्ला र दानामा मूल्यमा सहनै नसक्ने गरी कार्टेलिङ भएको आरोप लगाए ।
उनका अनुसार अहिले प्रतिक्विन्टल दानाको मूल्य तीन हजार ६०० रुपैयाँ रहेको छ । पछिल्लो एक वर्षमा दानाको मूल्यमा ८५० रुपैयाँ बढेको छ । सो अवधिमा प्रतिचल्ला ३० रुपैयाँमा पाइने गरेकोमा अहिले बढेर प्रतिचल्ला ७० रुपैयाँ पुगेको छ ।
यसको बजार केही व्यापारीहरूमा नियन्त्रित र बजार अनुगमन प्रभावकारी हुन नसकेकाले यो समस्या आएको भन्दै अध्यक्ष खड्काले भने, ‘बजार अनुगमन गरेर कारबाही गर्नुप¥यो नि खै अनुगमन ।’ सरकारको काम उद्योगीले नाफा खाएको र किसानले घाटा खाएको साँछी बस्नेबाहेक अन्य कुनै काम नभएको उनको आरोप छ ।
पोल्ट्री व्यवसायीलाई व्यवस्थित तरिकाले सञ्चालन गर्ने र कसैलाई मर्का नपार्ने तरिकारले मूल्य समायोजन गरौँ भनेर सरकारसँग माग गरेको धेरै भइसकेको तर कतैबाट पनि सुनुवाइ नभएको भन्दै किसानले गुनासो गर्दै आएका छन् ।