नेवारी समुदायको लाखेजात्रा सोमबारबाट सुरु

इलाम, २० साउन । नेवारी समुदायको लाखेजात्रा सोमबारबाट सुरु भएको छ । इलाम सदरमुकाम आजबाट लाखे जात्रा शुरु भएको हो ।

 

बिज्ञापन

नेवार समुदायले परम्परागत रुपमा मनाउँदै आएको लाखेजात्रा नागपञ्चमीको दिन सुरु भएर कृष्ण अष्टमीको दिन सकिने गरेको छ ।इलाम सदरमुकामको ऐतिहासीक स्थान माइस्थान मन्दीरबाट शुरुभएको लाखे जात्राले इलामबजार परिक्रमा गरेको थियो ।

 

नेवारी पोशाकमा सजिएका युवा युवती वाजागाजाका साथ इलाम बजार परिक्रमा गरेर माईसाथनमा नै गएर आजको जात्रा सकिएको छ ।

 

इलाम बजारमा नागपञ्चमीको दिन शुरुभएको गारिएको जात्रा कृष्ण अष्टमीको दिन समापन हुनेछ ।