नेप्से ६ अंकले सुधारियो

काठमाडौं, चैत ३ । साताको पहिलो दिन आइतबार सेयरबजार परिसूचक नेप्सेमा सामान्य सुधार आयो ।

बिज्ञापन

यसदिन नेप्से ६ अंकले बढेर ११ सय ६१ विन्दुमा पुग्यो । कारोबार भएका अधिकांश समूहमा सुधार आएसँगै नेप्से बढेको हो ।

जीवनबिमा समूहमा सबैभन्दा उच्च ४५ अंकको सुधार आयो । यस्तै, उत्पादनमूलक समूह ३५ अंकले बढ्यो भने वाणिज्य बैंक समूहमा पनि ७ अंकको सुधार भयो । होटल समूह भने २० अंकले ओर्लियो ।

यसदिन १७२ कम्पनीका १४ लाख ७७ हजार कित्ता सेयर ३७ करोड १२ लाख रुपैयाँ बराबरमा खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।