
बैशाख २ काठमाडौं विवेकशील साझा पार्टीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि प्रदर्शन गरेको छ । प्रदर्शनमा सहभागी पार्टीको नेता–कार्यकर्ताले भ्रष्टाचार कहिलेसम्म जनता सचेत नभएसम्म, ठूलो माछा कता छ सिंहदरबार जता छ, बालुवाटार बेच्नेले सिंहदरबार पनि बेच्लान् होसियार, भ्रष्टाचारी बहिष्कार, माफियातन्त्र अस्विकार आदि लेखेका प्लेकार्ड बोकेका थिए ।
प्रधानमन्त्री र प्रधानन्यायाधीश निवासभित्रैको जग्गा ‘भूमाफिया’ र भूमिसुधार कार्यालय, डिल्लीबजारका कर्मचारीको मिलेमतोमा व्यक्तिका नाममा दर्ता गरेको एक सरकारी छानबिन समितिले ठहर गरेको थियो।३४ रोपनी १३ आना २ पैसा जग्गामा फैलिएको प्रधानमन्त्री निवासभित्रको ३ रोपनी १० आना जग्गा व्यक्तिको नाममा दर्ता भइसकेको छ। १४ रोपनी १० आना क्षेत्रफलमा रहेको प्रधानन्यायाधीश निवासभित्रको २ रोपनी १४ आना जग्गा पनि व्यक्तिका नाममा पुगेको छ।
सरकारी जग्गा हत्याउने यो प्रकरणमा भूमाफियाको संरक्षकमा सत्तारुढा नेकपाका नेता, अख्तियारका पूर्व प्रमुख आयुक्त तथा पूर्व सचिवहरूको संलग्नता देखिएको छ।