
काठमाडौं। सत्ता गठबन्धनका पाँच दलको बैठक दिउँसो ३ बजे बस्ने भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ । शीर्ष नेतासहित कार्यदलका सदस्यहरुको संयुक्त बैठक बस्न लागेको जनमोर्चाका नेता आनन्द शर्माले जानकारी दिनुभयो ।

आसन्न चुनावमा सिट बाँडफाँडमा सहमति खोज्न गठबन्धनको बैठक बस्न लागेको हो । यस अघि बिहीबार बसेको बैठकमा सिट बाँडफाँडमा सहमति जुट्न नसकेपछि आज पुनः छलफलका लागि नेताहरुलाई डाकिएको हो ।
बिज्ञापन



