जनयुद्ध दिवसको श्रद्धाञ्जली कार्यक्रममा प्रधानमन्त्री ओली उपस्थिति भएनन्

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वृहत शान्तिसम्झौताको विषयमा कसैले नसोचे पनि त्यो पूरा भएको बताएका छन् । आज (बिहीबार) पार्टी कार्यालय धुम्बाराहीमा २५ औँ जनयुद्ध दिवसको श्रद्धाञ्जली कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले उक्त कुरा बताएका हुन् । कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले शान्ति प्रक्रियामार्फत गणतन्त्रसम्म आइपुग्नु नेपाली जनताको सौभाग्यपूर्ण उपलब्धि भएको बताउँदै टाउको मूल्य तोकेकै कारण पार्टीको नेतृत्वबाट परिवर्तन सम्भव भएको बताएका हुन् ।

 

बिज्ञापन

पाँच वर्षअघिसम्म एकअर्काप्रति तिखो छेड्छाड गर्ने कम्युनिस्ट पार्टी आज एउटै भएको बताउँदै अध्यक्ष प्रचण्डले श्रीलंका, पेरुलगायत विश्वका विभिन्न देशमा कम्युनिस्ट पार्टीले जनयुद्धबाट शान्ति प्रक्रियामा आउन खोजे पनि आउन नसकेको बताए ।

 

उनले नेपालको सन्दर्भमा तत्कालीन माओवादीले शान्ति प्रक्रियाबाट गणतन्त्रसम्मको उपलब्धि हासिल गर्न सकेको दाबी गरे । नेकपा तथा भ्रातृ संगठनहरुले विभिन्न कार्यक्रम गरी आज २५ औं जनयुद्ध दिवस मनाउँदै छन् ।

 

उता श्रद्धाञ्जली कार्यक्रममा प्रधानमन्त्री एवम् केपी शर्मा ओली आउने भनिए पनि उनको उपस्थिति कार्यक्रममा देखिएन ।