सशस्त्र प्रहरी बलको कार्यसम्पादन सराहनीय  : गृहसचिव महेश्वर न्यौपाने

गृहसचिव महेश्वर न्यौपानेले मुलुकमा शान्ति र सुरक्षा कामय गर्न सशस्त्र प्रहरी बलको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् ।

 

शुक्रबार सशस्त्र प्रहरी बलको प्रधान कार्यालयको निरीक्षण भ्रमण गरेपछि उनले मुलुकमा शान्ति, सुरक्षासँगै विपद व्यवस्थापन, सीमा सुरक्षा, राजस्व चुहावट नियन्त्रण, सीमा अपराध नियन्त्रणलगायतका विविध जिम्मेवारी निर्वाहमा सशस्त्र प्रहरी बलले सम्पादन गरेका कार्यको प्रशंसा गरेका हुन् ।

 

सो अवसरमा उनले राष्ट्र र नागरिकको सेवा, सुरक्षामा सशस्त्र प्रहरी बल नेपालबाट भए–गरेका कामकारबाहीबारे जानकारी लिएका एपीएफले जनाएको छ ।