`माग्ने बुढा´ प्रबल जनसेवाश्री पदकबाट सम्मानित


काठमाडौ  – हास्यकलाकार केदार घिमिरे ‘माग्ने बुढा’ प्रबल जनसेवाश्री पदकबाट सम्मानित भएका छन।२०७६ साल वैशाख एक गते एक कार्यक्रमबीच राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई पदकसहित सम्मानित गर्नु भएको हो।

बिज्ञापन

हरेक वर्ष नेपाल सरकारले विभिन्न क्षेत्रबाट समाज रुपान्तरणमा योगदान पुर्याउने व्याक्तिहरुलाई सम्मान गर्दै आएको छ।

 

कलाकारितका क्षेत्रबाट समाजमा रुपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका कारण हास्यकलाकार केदार घिमिरे ‘माग्ने बुढा’लाई प्रबल जनसेवाश्री पदकले सम्मान गरिएको हो।यो सम्मान केदार घिमिरे सहित किरण केसी ‘रातामकै’ नन्दकृष्ण जोशी, दिनेश अधिकारी, आकाश अधिकारी, वैकुण्ठ महत, पशुपति शर्मालगायतलाई गरिएको थियो।

 

नेपाल सरकारबाट यो सम्मान प्राप्त भएसँगै आफ्नो काँधमा थप जिम्मेवारी आएको कलाकार केदार घिमिरेले बताए।उनले प्रवलजनशेवाश्री पदकका लागि आफूलाई योग्य ठानस् सम्मान प्रदान गरेको प्रति नेपाल सरकारलाई धन्यवाद ज्ञापन गरेका छन।