
मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयका संरक्षकको कार्यकाल गोलाप्रथाबाट टुंगो लगाइने भएको छ ।

बिज्ञापन



मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भए गोलप्रथाबाट संरक्षकहरूको समयावधि निर्धारण हुनेछ ।

विश्वविद्यालयको सर्वोच्च निकाय संरक्षकहरूको पदावधि कायम गर्दा चार जनाको दुई वर्ष, पाँच जनाको तीन वर्ष र बाँकी पाँच जनाको चार वर्ष कार्यकाल कायम गरिने विधेयकमा उल्लेख छ ।