काठमाडौं । संयुक्त राष्ट्रसंघको फोर्स कमाण्डरमा नेपाली सेनाका उपरथी ईश्वर हमाल नियुक्त भएका छन् । राष्ट्रसंघका महासचिव एन्टिनिओ गुटरेसले हमाललाई फोर्स कमाण्डर नियुक्त गरेका हुन् ।

 

संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा कार्यरत ४० देशका सैनिकहरुबीचको प्रतिस्पर्धाबाट हमाल कमाण्डर चयन भएका हुन्

 

राष्ट्रसंघले सोमबार नै हमालको नाम चयन गरेको थियो तर अग्रिमो आउन विलम्ब भएकाले केही दिन ढिलोमात्र औपचारिकरुपमा सार्वजनिक भएको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए ।

 

फोर्स कमाण्डरको नेतृत्वमा पुग्ने हमाल नेपाली सेनाका सातौं अधिकारी हुन् । यसअघि हालका प्रधानसेनापति पूर्णचन्द्र थापा, बालानन्द शर्मालगायतले पनि यसको नेतृत्व गरेका थिए ।

 

संयुक्त राष्ट्रसंघको शान्ति मिसनअन्तर्गतको करिब २ हजार बढी फोर्स कमाण्डरहरु इजरायल र सिरियाको सीमा क्षेत्र गोलनहाइट्समा खटिन्छन् ।

 

यसअघि नेपाली सेनाकै रथी शिवराम खरेल यो फोर्सको कार्यवाहक प्रमुख थिए । खरेलले सन् २०१९ को जुन महिनादेखि अक्टुबरसम्म काम गरे । महासचिव गुटरेसले यो अवधिसम्म कुशलतापूर्वक जिम्मेवारी निर्वाह गरेको भन्दै खरेललाई धन्यवाद ज्ञापन गरेका छन् ।