ओमकार फलोअप : किन हेरेर बस्छन् प्रदेश नं १ का मुख्यमन्त्री कर्मचारीको नाङ्गोनाच ?

 

 

बिज्ञापन

भनिन्छ भ्रष्टाचार र अनियमितता  भइ रहेकोे थाहा पाएर पनि आखा चिम्म गरेर बसिदिनु  झन डरलाग्दो भ्रष्टाचार हो ।  जनताद्वारा निर्वाचित प्रतिनिधिहरु नै यसप्रकारको भ्रष्टाचारमा मौन स्वीकृति दिन्छन् भन्ने कुरा जताततै प्रमाणित हुँदै गएको छ । कुनै समय आफुलाइ महान सांस्कृतिक क्रान्तिका योद्दा सम्झिने शेरधन राइ हिजोआज भ्रष्टाचार र अनियमिततालाई टुलुटुलु हेरेर बस्नु शिवाय केहि गर्न सक्दैनन् । उनि प्रदेश १ का मुख्यमन्त्री पनि हुन् ।

 

भ्रष्टाचार र व्यथितीका विरुद्ध जनताको अगाडि चिल्ला भाषण गर्न र पार्टी भित्रका केहि उपल्लो दर्जाका नेताहरुको स्याहार चाकर गरेर मुख्यमन्त्री  बन्न सफल भएका राइ अहिले कर्मचारी प्रशासनको चंगुलमा फसेर भ्रष्टाचार लाई कानुनी मान्यतता दिने प्रयासमा दिनरात खटेका भेटिन्छन् । के उनि कर्मचारीले भनेको र निर्देशन गरेको कुरा मात्र मान्न मुख्यमन्त्री भएका हुन् त ? गम्भीर प्रश्न खडा भएको छ । उनको अयोग्यता र अकर्मण्यताले प्रदेश १ सरकार सबै प्रदेश भन्दा कान्छो हुने निश्चित छ ।

 

मुख्यमन्त्रीको कुर्सी निकै ठुलो बलिदान बाट प्राप्त भएको हो भन्ने बुझेका भए कमसेकम प्रदेशको बजेटमा कसरी लुछाचुडी हुँदैछ सायद उनलाई राम्रै थाहा हुने थियोे होला तर बिडम्बना नै  भनौं उनलाई मुख्यमन्त्रीको पगरी जबर्जस्ती लगाइदिएको जत्तिकै भएको छ ।

 

१ नं. प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयमा एकजना उपसचिव तहमा रहेका कर्मचारी छन् उनको नाम हो हरिहर पौडेल । पौडेल साच्चै नै हरिहर नै छन् । प्रदेशको सबै बजेट उनको कब्जामा छ । उनलेे चाहे भने अन्य मन्त्रालयले बजेट पाउछन् यदि उनको दिब्यनेत्रले बजेट दिनु हुदैन भन्यो भने कागजात नै गायब पारिदिन्छन ।  प्राय जसो कार्यालयमा कमै बस्ने पौडेललाई काठमाडौ ले राम्रै मोहनी लगाएको छ । उनि धेरै जसो काजमा नै गएका हुन्छन् ।  आतेजाते टिकट कार्यालय नै बेहोर्नु पर्छ । कुन कामको लागि गएका हुन् , काठमाडौ गएर कसलाई भेट गर्छन् कसैलाई केहि पत्तै हुदैन । उनि मात्र होईन उनको कार्यालयका महिला कर्मचारीहरुलाई पनि उनलाई जस्तै राम्रै काज लागिरहेको हुन्छ । कार्यालयकी सूचना अधिकारी प्रायः जसो काठमाडौ तिरै काज लिएर बसेकी हुन्छिन् । उपसचिवको दर्शन पाए पश्चात् कर्मचारीहरु सरुवा मिलाएर अन्तै छड्किने गरेकोले  कार्यालयमा सदैव कर्मचारीको अभाव रहेको हुन्छ । यद्यपि बजेट बनाउने कार्य भने उनि आफैले गर्ने गरेका छन् । उनि भन्दा माथी रहेका सचिव दामोदर रेग्मी पनि धेरै जसो संघीय राजधानी तिरै काजमा रहने गरेको पाइन्छ । रेग्मी लोकसेवाका अब्बल प्रशिक्षक हुन् । उनि कार्यालय समयमा पनि लोकसेवाका विद्यार्थीलाई पढाइ रहेका भेटिन्छन् । पास गराइदिने बहानामा विद्यार्थीबाट मोटो रकम असुल्नु र जागीरको सोर्सफोर्स मिलाइदिउला भन्दै नगदनारायण लिनु उनको अनौठो  धन्दा छ , कार्यालयमा आएको दिन देखि उनि आफ्नो कार्यालयको झ्यालबाट बाहिर हेरेरै दिन कटाउने गरेका भेटिन्छन्  । उनको टेबलमा न त कुनै योजना छ न त उनि बैठकमै बस्न पाउछन् ।

 

उता उपसचिव पौडेलको भने महिला मैत्री प्रशासन र ठेकेदार मैत्री बैठक  दुई मुख्य विषेशता हुन् । पौडेलले महत्त्वपूर्ण बैठकहरु आफ्नो बरगाछी स्थित आवास मै गर्ने गरेको स्वयंले बताएका हुन् । मन्त्रालयमा गोप्य मिटिङ गर्ने ठाउँ नै छैन भन्दै उनि खातापाता च्यापेर आफ्नै आवास तर्फ लाग्छन् । जे जे हुन्छ मन्त्रालयका सम्पुर्ण काम झोला बाटै गरिन्छ । यो मामिलामा रोक्ने हिम्मत कुनै माइकलाल संग नभएको उनको दम्भ मिश्रित आवाज बाटै प्रष्ट हुन्छ ।

 

उनि बसेको आवास गोदामको नाममा प्रदेश सरकारले भाडामा दिएको आधुनिक बंगला हो । उनलाई चिसो तातोले असर नगरोस् भनेर प्रदेश सरकारले ए.सी. समेत जडान गरिदिएको छ । भान्से ,कामदार  आसेपासे नाता कुटुम्ब उनका प्रिय पात्र हुन् । महंगो होटल उनको साझपख बस्ने चौतारी जत्तिकै छ । उनि आफुलाइ प्रदेश १ को हिरो सम्झिन्छ्न । आफ्नो पुकार गर्ने नेताजीले बजेट र पकेट खर्च पाउछ नसुन्ने को हालत खराव हुन्छ । प्रदेश सरकारका सबै उपसचिव देखी माथिका कर्मचारी ए. सी . जडित आधुनिक बंगलामा बस्छन् तर कागजी रूपमा सबै महलहरु गोदाम हुन् ।

 

प्रदेश १ मा हरिहर साच्चिकै महादेवको अवतार जत्तिकै छन् । उनको नाम लिने  बित्तिकै प्रदेशका मन्त्री देखी मुख्यमन्त्रीसम्म डराउने गरेको अर्को सवै भन्दा ठुलो रहस्यपुर्ण तथ्य हो । उनको निर्णय अन्तिम हुन्छ र उनले भनेको नमान्दा बजेट नपाइने हो की भन्ने आशंका बढेर जान्छ । हुन त बहालवाला मन्त्रीहरु कर्मचारीसंग डराउने कुरो त्यति अनौठो हैन । गाउँका सर्वसाधारणले एकोहोरो ताली बजाइदिएका भरमा कुर्सी भेटेका नेतालाई पढेलेखेका र चतुरो दिमाग भएका कर्मचारीले चंगुलमा राख्नु स्वाभाविक नै हो ।

 

कानुनले व्यवस्था नै नगरेको कर्मचारी आवासको लागि प्रदेश सरकारले कसरी मान्यता दियो र किन दियो भन्ने कुरा निकै रहस्यपुर्ण छ ।यस बिषयमा मुख्यमन्त्री राइ टेलीफोन उठाएर कुरा गर्न पनि खासै चाहदैनन् । लामो समय सम्म टेलीफोन प्रयास जारी राख्दा मात्र जवाफ दिएका मुख्यमन्त्री राइले ओमकार टाइम्स संग गोदाम घर भाडामा लिएको  सम्बन्धमा कुरै गर्न चाहेनन् । यो जवाफ प्रमुख सचिवले दिन्छन् उतै सोध्नुस् भन्दै उनि तर्किए । प्रदेश १ का प्रमुख सचिब १ हप्ता अगाडि मात्र कार्यालय आएका हुन् । प्रदेशमा आएको १ हप्ता पनि राम्रो संग नबितेका कर्मचारी लाई सोध्नुस् भनिरहदा मुख्यमन्त्रीले आफ्नो पद र हैसियत राम्रै संग बिर्सिएको प्रष्ट छ ।  प्रधानमन्त्री के. पी. ओलीका विस्वासपात्र मानिएका राइको कर्मचारी मैत्री प्रशासनले सिंगो प्रदेश नै बन्धक बन्दै गएको देखिन्छ । के उनलेे हरिहर पौडेल जस्ता कर्मचारीलाई ठेगानमा राख्न सक्दैनन् त ? एउटा कर्मचारीको इसारामा सिंगो प्रदेश सरकार चल्नुपर्छ भने १७ हजारले बलिदान दिएर गठन गरिएको प्रदेश संरचनाको औचित्य के ?स्मरणीय छ केहि समय पहिले मुख्य मन्त्री राइ माथी एकजना महिलाले आफुलाइ बारम्बार यौन शोषण गरेको आरोप लगाएकी थिइन् ।