रेल चलाउने कर्मचारी भेटिएनन्

बहुप्रतीक्षित जयनगर –जनकपुर रेल सेवा सञ्चालन अनिश्चित बन्दै गएको छ ।

 

बिज्ञापन

रेल्वेकम्पनीद्वारा कर्मचारी भर्नाका लागि आवेदन माग गरिएकोमा एक जनाले पनि निवेदन नदिँदा उक्त रेल सेवा सञ्चालन अनिश्चित बन्दै गएको हो। उक्त रेल सेवा सञ्चालनका लागि रेल्वे कम्पनीले रेल सेवासँग सम्बन्धित २६ जना कर्मचारी करारमा भर्ना गर्न १५ दिनकोम्यादसहित फागुन ९ गते आवेदन माग गरेको थियो ।

 

आवेदनको अन्तिम म्यादसम्म एक जनाको पनि निवेदन रेल्वे कम्पनीमा प्राप्त हुन नसके को रेल विभागले जनाएको छ । विभागका महानिर्देशक बलराम मिश्रले जयनगर–जनकपुर रेल सेवा सञ्चालनका लागि सुरुमा २६ जना प्राविधिक कर्मचारी करारमा भर्नाका लागि आवेदन माग गरिएकोमा विज्ञापनकोअन्तिम मितिसम्म एउटा निवेदन प्राप्त हुन नसकेको जानकारी दिए।