

बुटवल । तत्कालीन अंग्रेजलाई दुई सय वर्षअघि पराजित गरेको खुसियालीलाई बुटवल उपमहानगरपालिकाले जीतगढी विजय उत्सव दिवसका रुपमा मनाउँदै छ । सम्पदास्थल किल्ला परिसरमा बैशाख ७ गते शनिवार विजय उत्सव मनाउन लागिएको हो ।



२०४ वर्षअघि विसं १८७१-७२ बैशाख ७ गते कर्णेल उजिरसिंह थापाको कमाण्डले अंग्रेज सेनालाई पराजित गरेको दिन हो । सोही दिनलाई विजय उत्सव दिवसका रुपमा गत वर्षदेखि बुटवलले भव्य रुपमा मनाउन लागेको हो ।


यस पटक शनिबार (भाेली) दोश्रो बिजयोत्सवको दिन जीतगढी किल्ला परिसरमा निर्माण गरीएको कर्णेल उजीर सिंह थापाको पूर्ण कदको शालिक अनावरण गर्ने र शालिकको छेउँमा विशाल राष्ट्रिय झण्डा झण्डोत्तोलन गर्ने कार्यक्रम रहेको नगर प्रमुख शिवराज सुवेदीले जानकारी दिए। शालिक अनावरण र झण्डोत्तोलन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन ।

बिजयोत्सव समारोहमा प्रधानमन्त्री ओलीसहित पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, रक्षामन्त्री इश्वर पोखरेल, कांग्रेस महामन्त्री सशांक कोइरालालगायतका शीर्ष नेता बुटवल आउने कार्यक्रम रहेको प्रमुख सुवेदीले जानकारी दिए ।