पूर्वमिस नेपाल उषा खड्गीले तोडिन वैवाहिक सम्बन्ध

पूर्वमिस नेपाल उषा खड्गीले वैवाहिक सम्बन्ध तोड्ने निर्णय गरेकी छन्। उनको १७ वर्षअघि जिपी तिमल्सिनासँग विवाह भएको थियो।

 

बिज्ञापन

 

आफूमाथि निरन्तर हिंसा भएकाले  वैवाहिक सम्बन्ध तोड्ने निष्कर्षमा पुगेको एक टेलिभिजनसँगको कुराकानीमा बताएकी छन्। टेलिभिजनसँगको कुराकानीका क्रममा आफूमाथि भएका हिंसाका घटना सुनाउँदै भक्कानिएकी छन्।

 

उनले सामाजिक सञ्जाल फेसबुकमा भिडियो शेयर गर्दै आफूले १७ वर्षदेखि शारीरिक र मानसिक हिंसा भोग्दै आएको उल्लेख गर्दै अब यसलाई निरन्तरता दिन नस्कने भन्दै सम्बन्ध विच्छेदको कारण खुलाएकी छन्। फेसबुक स्ट्याटरमा उनले माया र सद्भावका लागि धन्यावद व्यक्त गर्दै यसले आफूलाई अगाडि बढ्न थप बलियो बनाउन बताएकी छन्।

 

जिपी र उषाको करिब १९ वर्षअघि चिनजान भएको थियो भने दुई वर्षको रिलेसनशिपपछि विवाह भएको थियो। हाल उषा र जीपीबाट एक छोरा र एक छोरी छन्। यसअघि नै दुवैबीच डिभोर्स हुने चर्चा हुने गरेको थियो। यद्यपि दुवैले त्यसलाई नकार्दै आएका थिए।