अमर माध्यमिक  बिद्यालयको व्याक डेट काण्ड , आर्थिक अनियमितता  भएको आंशका

झापा।  गौरादह नगरपालिका वडा न. २ मा रहेको अमर माध्यमिक विद्यालयमा कम्प्युटर ल्याव व्यवस्थापनको नाममा आर्थिक चलखेल भएको आशंका उब्जिएको छ ।

 

बिज्ञापन

विद्यालयले कम्प्युटर ल्याब व्यवस्थापनका लागी भन्दै (आज) २०७६ जेष्ठ ३० गते दर रेट सहितको कोटेसन आह्वान गर्दै सुचना प्रकाशन गर्यो । तर विद्यालयको भित्तामा टाँस गरिएको उक्त सुचना जेष्ठ २४ गतेको मिति हालेर प्रकाशन गरेको पाईएको छ । व्याक डेट हालेर प्रकाशन गरिएको सुचना प्रति विद्यालय प्रशासनको चरम लापरवाही र संस्थागत अनियमितता भएको भन्दै व्यापक चर्चा चुलिएको छ ।

 

आफ्नो नाम गोप्य राखिदिने सर्तमा टेन्डर भर्न आएका एक व्यवसायीले भने, ‘७ दिनको म्याद भनिएको सुचनामा पहिलो दिनमा नै समयसीमा सकिएको पाईयो, यसलाई बिधालय प्रशासनको लापरवाही र चरम अनियमितता नै मान्नु पर्छ’ । टेन्डर बारेमा अतिरिक्त जानकारीको लागी भन्दै विद्यालमा छिरेका उनि त्यो वेला झस्किए जव फारम भर्नै नपाई समय सकिने भयो ।

 

विद्यालयले करिव ४ लाख बरावरको कम्युटर लगायतका सामाग्री खरिद गर्न लागेको हो। व्याक डेटको सुचना कसैलाई थाहै नदिने गरि विद्यालयको भित्तामा मात्र प्रकाशन गर्नुलाई विद्यालय व्यवस्थापन र विद्यालय प्रशासनको नियत माथी शंका उब्जिएको सरोकारवालाहरुले गुनासो गरेका छन् ।

 

एक अभिभावकका अनुसार विधालयमा अनियमितताका घटना धेरै नै रहेको र सरोकारवाला पक्षले खोजी गर्ने हो भने अनियमितताको पोको नै फेला पर्छ  ।