६ किलो  चरेससहित भारतीय नागरिक पक्राउ

नेपाल प्रहरीले ६ किलो १५० ग्राम चरेससहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

 

महानगरीय प्रहरी वृत्त कालिमाटीको टोलीले कलंकीस्थित एक होटलबाट अवैध लागुऔषध चरेससहित भारत विहारका ४० वर्षीय अनवर अली अन्सारीलाई मंगलबार साँझ पक्राउ गरेको हो ।

 

वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रुगम कुँवरले झोलामा लुकाएर राखेको अवस्थामा पक्राउ गरिएको जानकारी दिए ।

 

पक्राउ परेका अन्सारीलाई आवश्यक अनुसन्धान भइरहेको वृत्तले जनाएको छ । उनलाई आजै जिल्ला अदालत काठमाडौँबाट म्याद थप गरी लागुऔषध ऐन २०३३ अन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको प्रहरी नायब उपरीक्षक कुँवरले बताए ।