

काठमाडौं । भारतमा नरेन्द्र मोदी सरकारमा आएपछि विदेश नीतीमा केही परिवर्तन आउँने देखिएको थियो । भारतको आफु भन्दा कमजोर छिमेकीमाथि गर्ने व्यवहारमा परिवर्तन देखिएको छैन । शुक्रबार स्वदेश फर्किन तरखर गरेका ११ नेपालीलाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलले उड्न रोक लगाएपछि यसको अहिले नेपालमा आलोचना भइरहेको छ ।




विमानस्थल अधिकारीहरुले बस वा ट्रेनबाट आएकाहरु फर्कदा पनि त्यसरी नै जानुपर्ने भन्दै विमानमा जान नदिएको पीडितहरूले भारतस्थित रहेको नेपाली दूतावासमा गुनासो गरेपछि कुरा बाहिर आएको हो । नेपाली नागरिकलाई उड्न रोक लगाइएको सुन्नासाथ भारतीय पक्षसँग कुराकानी गरिएको दूतावासका प्रवक्ता हरि ओडारीले बताउनुभयो ।
उहाँका अनुसार विमानस्थल अध्यागमनसँग दुतावासले कुरा गरेको थियो । जवाफमा अधिकारीहरुले रोक्ने नीति नभएको स्पष्ट पारेका छन् । शनिबार दूतावासले ट्विट गर्दै अबदेखि इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलले यस्ता घटनाहरु फेरि नहुने बताएको छ ।