संसदीय समितिः पहिले संख्या नपुगेर अहिले बढी भएर स्थगित

कोरोना संक्रमणवाट बच्न पूर्व तयारीका लागि भन्दै सरकारले हिजो २५ जना भन्दा वढीको समूहमा भेला नहुन आह्वान गर्यो ।

 

बिज्ञापन

सरकारले आह्वान गरेपनि ५९ सदस्यीय राष्ट्रियसभाको बैठक जारी छ । तर प्रतिनिधिसभा अन्तर्गतको एउटा विषयगत समितिले भने बैठकमा २५ भन्दा वढी सदस्य स्थगित भएको भन्दै बैठक स्थगित गरेको छ ।

 

कुनैवेला गणपुरक संख्या नपुगेर स्थगित हुने संसद र संसदीय समिति यतिवेला संख्या वढी भएको भन्दै धमाधम स्थगित हुन थालेका छन् ।

 

२५ जनाभन्दा बढी सहभागी भएको भन्दै आज राज्य व्यवस्था समितिको बैठक स्थगित भएको छ ।

 

तीन तहबीचको अन्तर सम्बन्ध व्यवस्थित गर्न बनेको विधेयकमाथि छलफल गर्न समितिको बैठक बोलाइएको थियो ।

 

केहीवरेको छलफल पछि कांग्रेस सांसद पुष्पा भुसाल, देवेन्द्रराज कँडेल, नेकपाका विन्दा पाण्डेलगायतले २५ जनाभन्दा बढी भेला नहुन सरकारको निर्देशन दिएको भन्दै बैठक स्थगित गर्नुपर्ने धारणा राखे ।

 

उनीहरुको यो धारणालगत्तै सभापतिले बैठक स्थगन गरिउको निर्णय सुनाए ।