
काठमाडौं : पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाको मनोहराफाँटस्थित निवासमा बम विस्फोट गराएको अभियोगमा तीन जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा विप्लवका ३ कार्यकर्ता लक्ष्मण सेठी, टेक लोहार र अमृत कुमाललाई नियन्त्रणमा लिएको महानगरीय अपराध महाशाखा, काठमाडौंको टोलीले जनाएको छ।
काठमाडौंका विभिन्न क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ। पक्राउ पर्ने तीनैजना विप्लव नेतृत्वको नेकपाका मध्यकमान्डअन्तर्गतका हुन् । उनीहरूलाई अहिले टेकुमा राखिएको छ ।
पूर्वसञ्चारमन्त्री बास्कोटाको मनहरा फाँटस्थित निर्माणाधीन घरको कम्पाउन्डमा गत फागुन २८ गते बिहान ७ः४५ बजे बम विष्फोट भएको थियो ।