
काठमाडौं । प्रहरीले गोंगबु नयाँ बसपार्क क्षेत्रबाट ७३ जनालाई पक्राय गरेको छ । गएराति प्रहरीले यस क्षेत्रमा स्विप अपरेसन गरेको थियो ।

बिज्ञापन



अवैध र अनैतिक कार्यमा संलग्न ७३ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ । प्रहरीका अनुसार, पक्राउ पर्नेमा ३७ जना पुरुष, ३२ महिला र ४ जना तेस्रोलिंगी छन् ।

लागू औषध दुर्व्यसनी, वेश्यावृत्ति र मापदण्डविपरीत व्यापार व्यवसाय सञ्चालनमा संलग्न रहेकाहरुलाई पक्राउ गरिएको प्रहरीले जनाकारी दिएको छ ।
पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।