आइपिएलको प्लेअफ समिकरण पूरा : पहिलो क्वालिफायरमा मुम्बई र दिल्ली भिड्दै

काठमाडौं : इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को प्ले अफ समिकरण पूरा भएको छ । हिजो (मंगलबार) राती लिग चरणको अन्तिम खेलमा सनराइजर्स हैदराबादले मुम्बई इन्डियन्सलाई पराजित गरेसँगै प्ले अफ समिकरण पूरा भएको हो ।

आइपिएल २०२० मा मुम्बई इन्डियन्स, दिल्ली क्यापिटल्स, सनराइजर्स हैदराबाद र रोयल च्यालेन्जर्स बेंगलोरले प्ले अफमा स्थान बनाएका छन् । कोलकाता नाइट राइडर्स, किंग्स इलेभेन पन्जाब, चेन्नई सुपर कंग्स र राजस्थान रोयल्स लिग चरणबाट बाहिरिएका छन् ।

बिज्ञापन

फाइनल प्रवेशका लागि पहिलो क्वालिफायरमा भोली (बिहिबार) मुम्बई र दिल्लीबीच प्रतिस्पर्धा हुने भएको छ। दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा हुने खेलको विजेता टोली सोझै फाइनलमा पुग्ने छ ।