तालिवानी अभ्युदय : स्वाधिनताको जीत

अन्तत: अमेरिकी गठबन्धन सेनाको फिर्तीसंगै अफगानिस्तान अपदस्थ बिद्रोही समूह तालिवानको नियन्त्रणमा आएको छ । यो घटनाले विश्व राजनितिमा नयाँ तरंग पैदा गरेको छ । विश्व राजनैतिक बजारमा तलिवानको बिषयमा गरमागरम बहस चलिरहेको छ । यो घटनालाइ भियतनामी प्रतिरोधसंग जोडेर पनि हेर्ने गरिएको छ। बास्तबमै वैदेशिक शक्तिको आडमा कुनै पनि राष्ट्रले स्थाइ शान्ति पाउन सक्दैन भन्ने गतिलो नजिर यसले स्थापित भएको छ ।तलिवानको बिगत र अफगानिस्तानको भबिश्यको अनुमान र आकलनको पेरिफेरिमा बर्तमान विश्व राजनिती घुमिरहेको छ ।

तालिवानको यो अभ्युदयले तालिवान आतंककारी सङठ्न नभएर एउटा राजनैतिक शक्तिभएको पुनःपुष्टि भएको छ । तालिवानको सत्ताकब्जाको सवालमा अन्तर्राष्ट्रिय राज्यहरु मौन रहनुले यसको पुष्टि गरेको छ । कुनै पनि राजनैतिक संगठनलाई देशी वा बिदेशी शक्तिले दमन गर्नुको परिणाम हतियारबद्ध सगठनको जन्म हुन्छ । रुसि हस्तक्षेपको विरुद्ध राष्ट्रिय स्वाभिमानको खातिर यसले हतियार उठायो । त्यो बिद्रोहमा धार्मिक कलेबर उसको निमित सहज मुद्धा थियो । एन्टि कम्युनिजम मुभ्मेन्टमा धर्मभिरु इस्लाम समाजको सबै भन्दा शशक्त हतियार इस्लाम र कुरान नै थिए।जस्को सफल प्रयोग तालिवानले गर्यो र रुसी सम्राज्यबादलाइ परास्त गर्यो । तालिबानको राजनैतिक दर्शननै इस्लामवाद र राजनैतिक मेनिफेस्टो कुरान हो । यसकै जगमा अमेरिकी हस्तक्षेपलाई प्रतिरोध गर्यो र अन्तत: अमेरिकालाइ अफगानिस्तानबाट हट्न बाध्य पार्यो । राष्ट्र स्वाभिमानता र स्वाधिनताको लडाइमा कुनै आयातीत आदर्श हैन , धर्मिक आस्था र संस्कृति प्रतिको समर्पण कति जबर्जस्त हुन्छ भन्नेकुरा तालिवानीहरुले बिश्वलाई देखाइदिएका छन। पश्चिममेलि संचार जगतले तालिवानहरु प्रती गरेको क्रुरताको प्रचार र बिकशित नकारात्मक मनोबिज्ञान बिच विश्व मानव जगतले तालिवानिहरु प्रती दर्साएको सहानुभुती बास्तबमै आशचर्यजनक छ । स्वाधिनताको लडाइ प्रति बिश्व जनमतको समर्थन हुन्छ भलै बिद्रोहिको व्यवहार जतिनै क्रूर किन नहोस भन्ने उदाहरण यो बिद्रोह बनेको छ ।

बिज्ञापन

तालिवानको यो अभ्युदय राजनैतिक रुपमा २१औ शताब्दीको पहिलो मखमली क्रान्ती ( volvet revolution ) हो । रक्तपातबिहिन शान्तिपुर्ण प्रक्रियाबाट अमेरिकी अखडा बिस्थापित गर्नु र गुमेको सत्ता फिर्ता लिनु तालिबान को सफल राजनैतिक रणनीति हो । यो राजनैतिक चातुर्यतामा तालिवान सफल भएका छ । यसले तालिवानी नेतृत्वको सुझबुझ र रणनीतिक योजनामा नेतृत्व सक्षम छ भन्ने तथ्य स्थापित भएको छ । एन्टि मुस्लिम मानसिकता बोकेको अमेरिकी प्रशासनसंग तालिवानको बिस्तारित सम्बन्ध र सार्थक बार्ताले तालिवान प्रचारित आतंककारी समूह नभएर एक देशभक्त मोर्चा हो भन्ने कुरा प्रष्ट पार्न तालिवान सफल भएको छ । अमेरिकी गठबन्धन सेना सामु उसले कहिलै आत्मासमर्पण गरेन । बिद्रोह र जनशक्ती माथी बिश्वास नभएका अमेरिकी सैन्य अखडाको बुटमुनी शासन गरिरहेका बिश्वका धेरै अमेरिकी कठपुतली सरकारलाइ तालिवानले झापड दिएको छ , राम्रो राजनैतिक पाठ सिकाएको छ ।

तालिबानी अभ्युदयले बिश्व आकासमा मडारिएको अमेरिकी रबैयाको सन्त्रासलाइ फटाइदिएको छ । राष्ट्रिय मुक्ती आन्दोलनलाई यो वा त्यो रुपमा अमेरिकी संन्त्रासको हौवारुपी काड देखाएर रोक्ने गद्दार नेतृत्वको भ्रमलाई चिरिदिएको छ । तालिवानाले बिश्वका मुक्तिकामी जनतालाई अमेरिकी संम्राज्यवाद र देशी कठपुतली सरकार को विरुद्ध बिद्रोह गर्ने संदेश दिएको छ भने साम्राज्यबाद र बिस्तारबादका कठपुतली पात्रको असरफ घानि स्वरुपलाइ उजागर गरिदिएको छ ।