बहराइनमा तीन जना नेपालीमा कोरोना सङक्रमण

काठमाण्डौ – बहराइनमा तीन जना नेपाली श्रमिकमा कोरोनाको सङ्क्रमण देखिएको छ ।

 

बिज्ञापन

कोरोनाको शंका लागेका छ जना श्रमिकमा गरिएको परीक्षणमा तीन जनामा पोजेटिभ देखिएको नेपाली दूतावासकी उपनियोग प्रमुख तथा द्वितीय सचिव अरुना घिसिङले जानकारी दिनुभयो ।

उहाँका अनुसार अरु तीन जनामा नेभेटिभ देखिए पनि उनीहरुलाई क्वारेन्टाइनमा राखिएको छ ।

 

अहिलेसम्म बहराइनको स्वास्थ्य मन्त्रालयका अनुसार अहिले ३१० जनामा कोरोनाको सङक्रमण भएको छ । त्यसमध्ये १२५ जना निको भएका छन् भने १८४ जनाको उपचार भइरहेको छ । एक जनाको ज्यान गइसकेको छ ।