नेपालमा आज एकैदिन ३५ सय वढी कोरोना संक्रमित थप

काठमाडौँ : नेपालमा कोरोना संक्रमितको संख्यामा तिब्र बृद्धि हुँदै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ३५ सय वढी संक्रमित थपिएका छन् ।

१५ हजार ८१ नमुना परिक्षण गर्दा ३५ सय ५३  जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।

बिज्ञापन

यो संँगै नेपालमा हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख ४१ हजार २९७ तथा एन्टिजेन विधिबाट भएको परीक्षणमा ९९ हजार २२५ जना पुगेको छ ।

संक्रमितमध्ये हालसम्म ८ लाख १५ हजार ३४७ जना निको भएका छन् भने मृतकको कुल संख्या ११ हजार ६१० पुगेको छ ।

साथै हाल देशभर सक्रिय संक्रमित १४ हजार ३४० जना रहेका छन् । आज २ सय ७१ जना निको हुँदा थप २ संक्रमितको मृत्यु भएको छ ।