
पछिल्लो २४ घण्टामा देशभर थप १३ जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ८०७ जनामा गरिएको नमुना परीक्षणमा १३ जनालाई संक्रमण पुष्टि भएको हो ।
सो समयमा ५७ जना कोरोना संक्रमण मुक्त भएका छन् भने कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।
यस्तै ७६५ जना संक्रिय संक्रमित रहेका छन् ।