के तपाई टेन्सनमा हुनुहुन्छ ? यी हुन् मुड फ्रेस गर्ने उपाय र खानेकुरा


कहिलेकाँही कुनै घटना परिस्थिति तथा वाध्यता पछि मानिसको मन भौतारिन सक्छ । यस्तो अवस्थामा मन एउटै कुरामा घुमाई रहनुहुँदैन । बरु मन परिवर्तन गर्नुपर्छ, कुनै नराम्रो अनुभव मनमा लिईरहँदा हाम्रो मष्तिष्कमा समेत असर पु¥याउँछ । शरीर तात्छ, मुटुको धडकन बढ्छ र छटपटि हुन्छ । त्यसैले अनावश्यक कुरामा एकोहोरो गहिरो सोचाई नगर्ने ।

बिज्ञापन

१. अर्काको उपलब्धिलाई सजिलै ग्रहण गर्ने र खुसी हुने । हामी हाम्रो प्रगति चाहन्छौं, यो राम्रो पक्ष हो । तर हामीमा केही गलत धारणा पनि रहन सक्छ । अर्काले प्रगति गर्दा आफूलाई नकारात्मक मुल्यांकन गर्ने बानी असाध्यै नराम्रो हो । त्यसैले मनलाई ठुलो पार्नुपर्छ, संकिर्ण पार्नु हुदैन । धेरै मानिस यस्ता समस्याबाट पिरोलिएका हुन सक्छन् । जसले गर्दा मनमा अशान्ति फैलन्छ, हामीलाई मनोरोग लाग्न सक्छ । हामी आफूभन्दा सानालाई कसरी सहयोग गर्ने र आफूसरहको प्रगतिमा साथ दिनुपर्छ, नकि आफूलाई अबमूल्यन गर्ने होईन ।

कहिलेकाँही कुनै घटना परिस्थिति तथा वाध्यता पछि मानिसको मन भौतारिन सक्छ । यस्तो अवस्थामा मन एउटै कुरामा घुमाई रहनुहुँदैन । बरु मन परिवर्तन गर्नुपर्छ, कुनै नराम्रो अनुभव मनमा लिईरहँदा हाम्रो मष्तिष्कमा समेत असर पु¥याउँछ । शरीर तात्छ, मुटुको धडकन बढ्छ र छटपटि हुन्छ । त्यसैले अनावश्यक कुरामा एकोहोरो गहिरो सोचाई नगर्ने ।


२. अर्काको उपलब्धिलाई सजिलै ग्रहण गर्ने र खुसी हुने । हामी हाम्रो प्रगति चाहन्छौं, यो राम्रो पक्ष हो । तर हामीमा केही गलत धारणा पनि रहन सक्छ । अर्काले प्रगति गर्दा आफूलाई नकारात्मक मुल्यांकन गर्ने बानी असाध्यै नराम्रो हो । त्यसैले मनलाई ठुलो पार्नुपर्छ, संकिर्ण पार्नु हुदैन । धेरै मानिस यस्ता समस्याबाट पिरोलिएका हुन सक्छन् । जसले गर्दा मनमा अशान्ति फैलन्छ, हामीलाई मनोरोग लाग्न सक्छ । हामी आफूभन्दा सानालाई कसरी सहयोग गर्ने र आफूसरहको प्रगतिमा साथ दिनुपर्छ, नकि आफूलाई अबमूल्यन गर्ने होईन ।


३. पूराना रुढिवादी कुरामा विस्वास गर्नु हुदैन । बाटो हिड्दा बिरालोले बाटो काट्यो वा रित्तो गाग्री देखियो भने अशुभ हुन्छ भन्ने गलत विश्वास छ । त्यसैले यस्ता वस्तु देख्दा मन बेचैन बनाउन हुँदैन, मन ढुक्क पार्नुपर्छ । किनभने यस्ता कुरामा कुनै सत्यता हुँदैंन । राशिफल हेराउने, भूतप्रेत बोक्सी युगको अन्त्य भइसक्यो । त्यस्तै यस्ता कुरामा चिन्ता लिई समय बरबाद गर्नुहुँदैंन । बरु सफा पानी, ताजा खानेकुरा खाने, राती बाटोमा हिड्दा भूत लाग्छ भन्दै मन डराएर ढुङ्गोदेखि तर्सेर पनि मानिस बिरामी हुन्छन् । त्यसैले पूराना गलत चलन पनि हटाउनुपर्छ ।


४. हरेक काममा खुसी, सुखि तथा सन्तुष्ट बन्ने, दैनिक जीवनमा काम गर्दै जाँदा कहिले सफल भइन्छ, कहिले असफल । असफल हुँदैंमा हतास हुनुहुँदैन, बरु असफलताको कारण पत्ता लगाई सफलताको बाटोमा फेरि अगाडि बढ्नुपर्छ । निराश हुनुहुँदैन । अरुसंग पनि सरसल्लाह लिनुपर्छ । कहिलेकाँही हाम्रा अगाडि समस्या नै समस्या तेर्सिएर बसेका हुन्छन् । यस्तो अवस्थामा आत्तिनु हुँदैंन । कतिपय समस्या आफै पनि समाधान भएर जान्छन् । ३, ४ महिनापछि आउने समस्यालाई लिएर पहिल्यै चिन्तित हुनुहुँदैन । बरू देखिएका समस्यालाई एउटा योजना बनाई यो पछि यो गर्छु भनी योजना बनाई अघि बढ्नुपर्छ । कतिपय मिडियाले राम्रो कुरालाई पर्दा पछाडि राखी नराम्रो कुरालाई प्रचार गर्छन् जसले गर्दा सर्वसाधारणमा बिग्रियो, भत्कियो, बेकार छ जस्ता भावना आउन सक्छ । तर वास्तविकता त्यस्तो हुँदैन । त्यसैले धेरै टीभी, रेडियो हेर्न सुन्न हुँदैन ।


५. जे छ त्यसमा सन्तुष्ट बन्ने तर मेहनत गर्न नछाड्ने । धेरै मानिस आफू कहाँबाट आएको भन्ने कुरा पनि बिर्सन्छन्, विगतलाई बिर्सन्छन्, वर्तमानमा सन्तोष लिन चाहँदैनन्, किनभने समय पार गदै जाँदा ठुलो उन्नति भएको पनि बिर्सन्छन् र सधै असन्तोष भईरहन्छन् । विगतमा आफू कुन अवस्थामा थिएँ, अहिले कुन अवस्थामा आइपुगे भनेर मूल्यांकन गर्नुपर्ने हुन्छ । धेरैजसो मानिस ठूलो प्रगति गर्दा पनि क्षणिक आनन्द लिन्छन्, त्यसले मनमा सन्तोष दिएको हुँदैन त्यसैले हामीले सन्तोष लिन सिक्नुपर्छ । तर मिहिनेत गर्न छाड्नु हँुदैन । पूराना असफलता केलाउँदै लक्ष्यमा पुग्नुपर्छ ।


६. लागुपदार्थ तथा दुव्र्यसनबाट अन्य मानसिक रोग लाग्ने सम्भावना भएकाले यस्ता वस्तुबाट टाढा रहने७. दैनिक जीवनमा स्वस्थ्य प्रतिस्पर्धा गर्नुपर्छ । समाजमा ठूलाले सानालाई हेप्ने, आफूमात्र समाजमा प्रतिष्ठित बन्न खोज्ने, अर्कालाई उचित ब्यवस्था मिल्नबाट अवरोध गर्ने प्रवृत्ति पनि पाइन्छ । यस्तो प्रवृत्ति आपराधिक मानिन्छ र यसलाई अन्त्य गर्नुपर्छ । समाजमा स्वस्थ प्रतिस्पर्धा भएमा सबै मानिसले उत्तिकै क्षमता विकास गर्न सहयोग मिल्छ । कसैलाई डर हुदैन, सबैको कल्याण हुन्छ ।


८. अति नैतिकवान नबन्ने तथा अरूबाट पनि त्यस्तो आशा नगर्ने । समाजमा कोही मानिस अति नै नैतिक हुन्छन् । यस्ता मानिस हरेक काममा अति नै सचेत हुन्छन् । अरुलाई कुनै प्रकारको मर्का नपरोस् भनी हरेक क्षणमा ध्यान पु¥याउछन् । तर समाज त्यस्तो छैन । समाजबाट यस्ता मानिसले धोका पाउँछन् र मन दुखाउन पुग्छन । सोहीकारण मनोरोग लाग्न पुग्छ । त्यसैले हामी केही हदसम्म तलमाथि हुनैपर्छ । केही मानिसलाई आफूले गरेको बाहेक अरूले गरेको काममा चित्त बुझ्दैन । त्यसैले यस्ता मानिस अरूले गरेको काम सच्याउने गर्छन् । यस्तो हुँदा दैनिक जविनमा अप्ठेरो महसुस हुन्छ । त्यसैले केही हदसम्म अर्काले गरेको कामलाई पनि उचित स्थान दिनुपर्ने हुन्छ । समाजमा अति नैतिक भई बाँच्न गाह्रो हुन्छ, त्यसैले आफू पनि परिवर्तन हुनुपर्छ र समाजअनुसार चल्नुपर्छ ।


९. मनका कुरा अरूलाई भन्ने बानी गर्ने । हामीमा ठुलो समस्या आउँदा पपनि अरूलाई नभन्ने बानी हुन्छ जसले गर्दा मनमा अशान्ति फैलन्छ । हावा भरिएको प्रेसर कुकर झैँ बिस्फोट हुने वा अचानक सिठ्ठी लागेर ठूलो हलचल हुनेजस्तो हामीभित्र पनि हलचल हुन सक्छ । काम नबने हातखुट्टा नचल्ने भइ हामी बिरामी पर्छौ । आफ्नो मनको वेदना अरूका सामु व्यक्त गर्दा मन शान्त हुन जान्छ ।


१०. पहिले–पहिले मानसिक रोग भनिन्थ्यो तर अहिले मनोरोग भनिने गरिन्छ । मनोरोग भनेको टेन्सन हुनेदेखि कडा रोग सिर्जोफोनियासम्म पर्छ । अति सामान्य रोगदेखि कडा रोगसम्मका बिरामी यसमा पर्छन् । डिप्रेसन रोग लागेका बिरामीमा यस्तै चिन्ता हुन्छ कि मेरो दिमाग नै आउट हुन्छ तर त्यस्तो हुदैन । त्यसैले आत्तिन हुँदैन । सामान्य मनोरोग लागेका बिरामीले अनावश्यक चिन्ता लिनु हुँदैन ।


मुड फ्रेश बनाउने १० खानेकुरा

मानिसको मुड फ्रेश बनाउने र सधै खुशी राख्ने हार्मोनको नाम हो सेरेटोनिन हार्मोन । यो हार्मोनको सक्रियता बढाउनको लागि हामीले खाने कुराहरुमा ध्यान दिनु पर्छ । यदि हामीले खुसी दिने खाने कुराहरु दिनहुँ प्रयोग गर्यौँ भने हामी जस्तोसुकै परिस्थितिमा पनि खुशी रहन्छौँ । खुशी हुनको लागि हामीले पोटाशियम, म्याग्नेशियम, र फलिक एसिडको मात्रा धेरै भएका खानेकुराहरु खाने गर्नुपर्छ । आज हामी तपाईँलाई खुशी बनाउने १० खाने कुराहरुको बारेमा जानकारी दिदैछौँ ।

केरा–यसमा हुने पोटाशियम, म्याग्नेशियमका साथै प्रोबायोटिक, भिटामिन बी ६, ट्रायप्टोफेन र आइरनले हाम्रो मुड फ्रेश राख्न मद्दत गर्छ । यसका साथै हामीलाई खुशी राख्न पनि यी तत्वहरुले महत्वपूर्ण भूमिका खेलेका हुन्छन् ।

डार्क चक्लेट– केफिन, कोको र सुगरले भरपूर डार्क चक्लेटले हाम्रो शरीरको ईनर्जी बुस्ट गर्छ । जसले गर्दा हाम्रो मुड फ्रेश रहन्छ । यसले हामीलाई खुशी पनि गराउँछ ।

होल ग्रेन्स–यसमा हुने कार्बोहाइड्रेट्सले मानिसलाई खुशी बनाउने हार्मोनलाई ब्यालेन्स राख्छ ।

रातो मुला–यसमा रहेको फलिक एसिड र बिटेन नामको तत्वले ब्रेनमा सेरोटोनिन हार्मोन बढाएर स्वास्थ्य राम्रो बनाउँछ ।

अण्डा–ओमेगा ३, फ्याट्टी एसिड,जिंक, भिटामिन्स र प्रोटीनले भरपूर अण्डाले हामीलाई मानसिक रुपमा स्वस्थ राख्छ ।

रातो डल्ले खुर्सानी –यसमा भिटामिन सी र भिटामीन ए धेरै हुन्छ । जसले हाम्रो मुड फ्रेश बनाउँछ र हामीलाई खुशी दिन्छ ।

नरिवल–नरिवलमा हुने ईलेक्ट्रोलाईट्सले शरीर र दिमागलाई हाइड्रेड राख्छ र हामीलाई खुशी बनाउँछ ।

पालक–पालकमा हुने आइरनले थकान र कमजोरी हुन दिँदैन । यसले डिप्रेशन र तनावबाट पनि बचाउँछ ।

मह–यसमा हुने एंटी इन्फ्लेमेटरीले दिमागलाई स्वस्थ राख्छ । यसका साथै यसले डिप्रेशनबाट पनि टाढै राख्दछ ।

सिमी–म्याग्नेशियमले भरपूर सिमीले खुशी बढाउने हार्मोनलाई सक्रिय बनाउँछ । सिमी एन्टी अक्सीडेन्ट्स र न्युट्रिएट्सले पनि भरपूर हुन्छ