थप २२६ जनामा कोरोना संक्रमण पुष्टि , संक्रमितको संख्या १७९८

काठमाडौं । बितेको २४ घण्टामा नेपालमा थप २२६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सोमबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका छन् ।

 

थपिएका संक्रमितमा २१३ जना पुरुष र १३ जना महिला रहेका छन् ।

 

योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १७९८ पुगेको छ।

 

क्वारेन्टाइनमा रहनेको संख्या १ लाख ३३ हजार ९७५ रहेका छन् । आइसोलेसनमा रहनेको संख्या देशभरी १ हजार ५ सय ६९ जना रहेको छ ।

मन्त्रालयका अनुुसार सोमबारसम्म नेपालमा आरडिटी विधिबाट १ लाख १३ हजार ७५७ नमुना परीक्षण भएका छन् । पिसिआर विधिबाट भने हालसम्म ७१ हजार ९ सय ३ परीक्षणहरु गरिएका छन् ।

 

हालसम्म कोरोना संक्रमणले सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक र अर्घाखाँचीका एक, दैलेखका एक, बाजुराका एक गरी ८ जनाको मृत्यु भएको छ ।